Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
जिल्लाको प्रमुख निकायका प्रमुखहरुको एकै दिन सरुवा

जिल्लाको प्रमुख निकायका प्रमुखहरुको एकै दिन सरुवा

गोरखा, १४ फागुन ।

जिल्लाको प्रमुख निकायका प्रमुखहरुको एकै दिन सरुवा भएको छ। जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको आज सरुवा भएको हो।
७ महिनाअघि गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा आएका तिर्थराज भट्टराईको महोत्तरी जिल्लामा सरुवा भएको हो। भट्टराई महोत्तरीका सिडिओका रुपमा गोरखाबाट बिदा हुदैछन्।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री पर्वत सरुवा भएकी हुन्। उनी समेत पर्वतकी सिडिओ बनेर गोरखाबाट जादैछिन्।
यसैगरी शुक्रबार नै गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङको समेत सरुवा भएको छ। उनी समेत ९ महिना अघि नै गोरखा आएका थिए। उनको अपराध अनुसन्धान बिभाग सुरक्षा सेवा ब्यवस्थापन महाशाखामा सरुवा भएको हो।
यसैगरी अब गोरखामा नयाँ सिडिओका रुपमा गृह मन्त्रालयमा कार्यरत शालिग्राम पौडेल आउने भएका छन्। यसैगरी जिल्ला प्रशासन कार्यालय बझाङबाट कमलराज भण्डारी सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गोरखा आउदैछन्।
त्यस्तै गोरखाका प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय काठमाण्डौँबाट एसपी शेखर खनाल गोरखाको नयाँ प्रहरी प्रमुखको रुपमा आउने भएका छन्।
गोरखामा सिडिओ, सहायक सिडिओ र प्रहरी प्रमुखको एकै दिन सरुवा भएको यो संभवत पहिलो पटक हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.