आजदेखि आँबुखैरेनी रंगशाला कप सेभेन साईड नकआउट फुटबल प्रतियोगिता सुरु ।।

आँबुखैरेनी, ७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोकमा आजदेखि आँबुखैरेनी रंगशाला कप सेभेन साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । “सक्छौं त प्रेम गर सक्दैनौं घृणा पनि नगर” भन्ने मूल नाराका साथ मार्कीचोक युवा क्लबको आयोजनामा आँबु–२, मार्किचोक स्थित कुडुलेमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक समारोहकाबीच आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दैै उहाँले यस रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गर्ने योजनाका साथ अगाडी बढ्दै गएको र भविष्यमा यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गराउन रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । मानिसका आधारभूत आवश्यक तत्व गास, बास, कपास जस्तै, स्वास्थ्यको लागि खेलकुद अति आवश्यक रहेको बताउनुहुँदै उपाध्यक्ष श्रेष्ठले खेल अवधिभर सम्पूर्ण खेलाडीहरुलाई अनुशासन पूर्वक फुटबल खेल्न आग्रह गर्नुभएको छ । क्लबका अध्यक्ष आदम गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा, लेखाअधिकृत टेकनाथ पराजुली, ईन्जिनियर पंकज चितौरे मगर, समाजसेवी बेल बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा लेखाअधिकृत टेकनाथ पराजुलीले प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैंया दिने घोषणा गर्नुभएको छ । फागुन १० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद रु. ५० हजार र उपबिजेताले नगद रु. २५ हजार प्राप्त गर्नेछ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.