Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
भ्यानको ठक्करबाट एक महिलाको मृत्यू

भ्यानको ठक्करबाट एक महिलाको मृत्यू

गोरखा नगरपालिका वडा नम्बर ८ ढुङ्गागाढे नजिकै इको भ्यानको ठक्करबाट शुक्रवार एक महिलाको मृत्यू भएको छ ।

ग १ ज ७४४६ नम्बरको भ्यानले गोरखा नगरपालिका वडा नम्बर ८ कि निरमाया थापालाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।
मृतक थापा विद्यालयमा नाती नातीना पु¥याएर फर्कँदै गर्दा आहालेबाट ढुङगागाढे तर्फ जाँदै गरेको भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ । बाटो काट्ने क्रममा थापालाई भ्यानले ठक्कर दिएको हो । उनलाई उपचारको लागि गोरखा अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक सक्गुल मियाँ प्रहरी नियन्त्रणमा छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.