Trending

सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद असारसम्म थप

२३ माघ, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद थपेको छ ।

यही माघ २६ गतेसम्म रहेको दुबै आयोगका पदाधिकारीको म्याद आगामी असारसम्मका लागि थप गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश जारी गरेर म्याद थपेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker