भूकम्प प्रतिरोधी घर निर्माणका लागि ७ दिने महिला डकर्मी तालिम

गोरखा नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी ७ दिने डकर्मी तालिम सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरमा महिला डकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको हो । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले सहिजकरण गरेको तालिममा सुरक्षित अवास निर्माणका लागि प्रारम्भिक स्तर देखि नै तालिम दिइने छ । गोरखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामबाबु बोगटीले उद्धघाटन गर्दै तालिममा सिकेको सीपको कार्यान्वयन गरि महिलाहरु अग्रसर भई भूकम्प प्रतिरोधी सुरक्षित घर निर्माण गर्नु नै उपलब्धी भएको बताउनुभयो । महिला डकर्मीले नै नेतृत्व गरी सुरक्षित आवास निर्माण गरे तालिमको उपलब्धी हुनेछ, उहाँले भन्नुभयो । तालिममा सहभागी गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरकी सम्झना सुनारलाई तालिमले हौशला प्रदान भएको भन्दै सुरक्षित घर निर्माणका लागि महिला डकर्मीले नेतृत्वदायी भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, विभिन्न व्योधानलाई चिर्दै आफुले सिकेको सिपले भूकम्प प्रतिरोधी घर निर्माणमा आफ्नो समुदायमा अग्रसर हुन उत्सुक छु । १० जना महिला सहित प्रशिक्षकको सहभागिता रहेको तालिममा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि विभिन्न प्रविधिको प्रयोगात्मक सहित सैद्धान्तिक अभ्यास गराईने परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले निजी आवास पुनर्निर्माणमा महिला डकर्मी समेत अब्बल रहेको र क्षमता अभिवृद्धिका लागि मद्दत मिल्ने भन्दै जिविकोपार्जनको माध्यम बनाउन आग्रह गर्नुभयो ।
परियोजनाले तालिममा ढुंगामाटोको गारो, इँटाको गारो सिमेन्ट लगायत विभिन्न प्रविधिका विषयमा अभ्यास गराउने छ । यसअघि, परियोजनाले पालुंगटार नगरपालिकामा समेत भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी ७ दिने महिला डकर्मी अभिमूखिकरण तालिम सञ्चालन गरेको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.