तनहुँ बन्दिपुरको ग्रामीण पर्यटन प्रवद्र्धन अभियान साइकल लेनबाट तीन पालिका जोड्ने पहल

‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य,सहकारी र पूर्वाधार ः समृद्ध बन्दिपुर निर्माणको मूल आधार’ भन्ने उद्घोषका साथ अगाडि बढेको बन्दिपुर गाउँपालिकाले ग्रामीण पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले तनहुँको निर्वाचन क्षेत्र नं. १ अन्तरगत तीन वटा स्थानीय पालिकालाई साइकल लेनबाट जोडेर संयुक्त रुपमा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने अभियान अगाडि बढाएको हो । आगामि १० वर्षभित्र पर्यटनबाटै समृद्धि हाँसिल गर्ने अभियानका साथ अगाडि बढेको बन्दिपुरले गाउँपालिका क्षेत्र भित्र करिब ९ किलोमिटर दुरीको साइकल लेन निर्माण गरिसकेको छ। यो साइकलेन ब्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकासम्म जोडेर संयुक्त रुपमा प्राकृतिक, साँस्कृतिक, धार्मिक स्थलहरुलाई जोड्दै ग्रामीण पर्यटन प्रवद्र्धनको कार्यक्रम गर्ने योजना अगाडि ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । गाउँपालिकाले दमौलीदेखि बन्दिपुर हुँदै छिम्केश्वरीसम्म साइकल लेन निर्माण तथा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी गाउँपालिकाले लिएको योजना र लक्ष्यका विषयमा छलफल गरेको छ । व्यास नगरपालिकाको छाब्दीदेखि बन्दिपुरको रामकोट हुँदै आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरीसम्म साइकल लेन निर्माणका लागि पहल थालिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए । तनहुँ क्षेत्र नं. १ का पाँचवटा स्थानीय तह र जिल्लाका पत्रकारहरुबीच वडा नं. ३ को रामकोट सामुदायिक होमस्टेमा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष थापाले भने, ‘बन्दीपुर गाउँपालिकाले नौ किलोमिटर साइकल लेन निर्माण गरिसकेको छ । व्यासदेखि साइकल लेन निर्माण शुरु गरेर जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीसम्म साइकल लेन विस्तार गर्ने सोच राखेका छौ ।’ यस्तै, बन्दिपुर गाउँपालिकाले तीन तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालेकामा ब्यास नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिकाको क्षेत्रमा साइकल लेन निर्माणका लागि नगरपालिका सकारात्मक रहेको बताएका छन् । ‘यो अभियान पर्यटन प्रबद्र्धनका लागि कोसेढुङ्गा हुने विश्वास गरेका छौ’, उनले भने, ‘धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक आयमले हाम्रो क्षेत्र भरिपूर्ण रहेकाले आवश्यक पूर्वधार निर्माण गरी पर्यटनका माध्यमबाट समृद्धि हाँसिल गर्नुका साथै युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारीको वातावरण सृजना गराउनका लागि नगरपालिका सहकार्य गर्न तयार छ ।’ त्यस्तै, साइकल लेनमार्फत् पर्यटन र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान चलाइएका अध्यक्ष थापाले भने, ‘साइकल लेनले ब्यासको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही, बन्दीपुरको रामकोट सामुदायिक घरबास, कोरिखा सामुदायिक घरबास लगायत अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई जोड्छ । यसले तीन पालिकाकै पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौ ।’ गाउँपालिकाले कोरोना कहरका कारण रोजगारी गुमाएर बसेका युवाहरुलाई राहतको सट्टा रोजगारी कार्यक्रम सञ्चालन गरी करिब ११ लाख रुपैयाँको लागतमा नौ किलोमिटर साइकल लेन निर्माण सम्पन्न गरेको छ । बन्दिपुरदेखि बाहुनभञ्ज्याङसम्म तीन लाख रुपैयाँ र बन्दीपुरदेखि रामकोटसम्म आठ लाख रुपैयाँको लागतमा साइकल लेन निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी गराइन् । उक्त साइकल लेन निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् विपन्न वर्गलाई रोजगारी दिइएको थियो । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले साइकल लेन निर्माणमा ४४ जनालाई रोजगारी दिइएको बताए । यस्तै, साइकल लेन निर्माण भएपछि बन्दीपुर गाउँपालिकाले साइकल प्रतियोगिता गर्ने तयारी समेत गरेको छ । यसअगाडि डुम्रे बन्दीपुर दौड प्रतियोगिता हुँदै आएकामा अब साइकल प्रतियोगिताको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । ‘गाउँपालिकाले विकासका लागि गुरुयोजना बनाएर अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको बीस वर्षे गुरुयोजना तयार गरिसकेको छ’, उनले भने, ‘काठमाडौं, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रकोबीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रूपमा विकास गर्ने गाउँपालिकाको सोच बनाएको छ ।’ पहाडकी रानी उपनामले परिचित बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । बन्दिपुरको ग्रामीण पर्यटन प्रवद्र्धन …….. गाउँपालिकाले वडा नं. २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ । उक्त पदमार्ग एक हजार एक सय मिटर सम्पन्न भइसकेको छ । गाउँपालिकाले टुँडीखेलमा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब तीन करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष थापाले बताए । यस्तै, गाउँपालिकाको अभियानमा सहभागि भएका साइकल धावक चन्द्रबहादुर आलेले बन्दीपुरमा निर्माण गरिएको साइकल धावकको राम्रो सम्भावना रहेको बताएका छन् । उनले पर्यटनबाट समृद्धि हाँसिल गर्ने भन्दै आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरिएको भएपनि ती पूर्वाधारहरु भूकम्पीय दृष्टिले कत्तिको मजवुत छन् भन्ने तर्फ सचेत रहन सुझाएका छन् ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.