उपभोक्ता समितिलाई योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

माघ १५, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा आज उपभोक्ता समितिलाई योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख दिपक बाबु कंडेलले समयमै काम सकी भुक्तानी प्रक्रियामा जान उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । सोही अवसरमा बोल्दै प्राविधिक र योजना शाखालाई सहज रुपमा काम गरिदिन समेत आदेश दिनुभएको थियो ।
नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रममा योजना शाखाका प्रमुख दिपेन्द्र अर्याल, नगरपालिकाका सव इन्जिनियर अनिल खत्री, प्राविधिक लालु गुरुङ तथा योजना शाखाका अवि गुरुङले समितिले गर्नुपर्ने कार्यहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
योजना शाखाका कमल पाण्डेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा योजना शुरु गर्नुअघि, समिति गठन प्रक्रिया, योजना सञ्चालन बिधी, अनुगमन प्रक्रिया तथा योजना समाप्तिपछि कागजात सिलसिलेवार रुपमा मिलाउने जस्ता कार्यहरुको समेत जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै सभापति वडाध्यक्ष श्रेष्ठले समयमै काम सम्पन्न गर्न आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकको थियो ।
विगत वर्षहरुमा समितिमार्फत काम गर्ने क्रममा धेरै त्रुुटीहरु भएका र जसका कारण समितिले भुक्तानीको लागि कैयौं पटक धाउनु पर्दा कष्ट भएको थियो । यस कार्यक्रमले उपभोक्ता समितिलाई समयमै गुणस्तरीय काम गरी सहज रुपमा भुक्तानी लिन सजिलो हुने सहभागीहरुले बताए । कार्यक्रममा वडा नं. ७ मा सञ्चालन हुने सवै प्रकारका योजनाको लागि गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष, सचिव र अनुगमन संयोजकहरुको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.