पालुङ्टारमा गाउँघर आयुर्वेद स्वास्थ्य क्लिनिक सञ्चालन

माघ १५, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा आज गाउँघर आयुर्वेद स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ । राष्टिय मौलिक चिकित्साको रुपमा रहेको आयुर्वेद उपचार पद्धती दूर दराजमा रहेको जनताको पहुँचमा पुर्याउने उदेश्यका साथ नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित क्लिनिक आयुर्वेद शाखा पालुङ्टारका प्रमुख हितकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले आयुर्वेद स्वास्थ्यमा मानिसहरुको पहुँच पुर्याउन सकेमा बढी प्रभावकारी हुने कुरामा जोड दिनुभएको थियो ।
च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा ५० भन्दा बढी व्यक्तिहरुको स्वास्थ्य जाँच गरी आयुर्वेदिक औषधी निशुल्क रुपमा बितरण गरिएको थियो ।
नगरपालिकाको वडा नं. २ चापाभञ्ज्याङमा गत महिनादेखि नै हरेक महिनाको पहिलो र तेश्रो विहीवार क्लिनिक शुरु गरिसकिएको छ भने वडा नं. ७ मा हरेक महिना दोश्रो र चौथो बिहिबार नियमित रुपमा सञ्चालन गरिने कार्यक्रम रहेको आयुर्वे शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
मानिसमा आएको फरक जीवनशैली, आहारविहार, जल जमिन तथा वायु प्रदूषण जस्ता कारणले ६३ प्रतिशत मानिसहरु नसर्ने रोगबाट आक्रान्त बनेका छन् । आयुर्वेद चिकित्साको मेरुदण्डको रुपमा रहेको पञ्चकर्म, वमन, विसेचन, रक्तमोक्षण तथा योगद्धारा विभिन्न रोगहरुबाट मुक्त हुन सकिने आयुर्वेदकर्मीहरुको दावी रहेको छ । यस अवस्थामा हाम्रै घर आँगन, बारी कान्ला तथा प्रकृतिमा रहेका जडिबुटीहरुबाट स्वास्थ्य समस्या दूर गराउनुका साथै उक्त जडीबुटी खेती गरी बिक्रीबितरण गरेर आर्थिक रुपमा समेत सबल बन्न सकिन्छ भन्ने उदेश्यका साथ जनचेतनामूलक रुपमा क्लिनिक शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.