दुई गाउँपालिकाका साठी वटा विद्यालयहरुमा आगामी माघ १५ गतेबाट पठन पाठन सुरु हुने

सिमकोट । हुम्लाका दुई वटा गाउँपालिकाका साठी वटा विद्यालयहरुमा आगामी माघ पन्ध्र्र गतेबाट पठन पाठन सुरु हुने भएको छ । कोरोना संक्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँ पालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठन–पाठन हुने भएका हो ।

कोरोना संक्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ वटा विद्यालयमा माघ १५ गतेबाट पठन–पाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले बताए । अन्य सबै काम गर्न हुने तर बिद्यालय बन्द गरि रहनु उपयुक्त नदेखिएको कारण पठन पाठन सुचारु गर्ने निर्णय भएको होे ।

यता सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका भित्रका विद्यालयहरुमा पनि आगामी माघ १५ गतेबाट पठन पाठन सुचारु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकहरुबिचको बैठकले अब पठन पाठन सुरु गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठन पाठन सुचारु भएको बेला सिमकोट गाउँपालिका भित्रका सबै विद्यलायहरुमा पठन पाठन गर्ने निर्णय स्वागत योग्य भएको अविभावकको भनाई छ । यो समय हुम्लाका विद्यालयहरुमा हिउदे बिदा हुने समय हो । तर यस वर्ष कोरोनाका कारण नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै पठन–पाठन नभएको र हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठन–पाठन सुचारु गर्ने निर्णय भएको होे ।

गाउँपालिकासंगको निर्णय अनुसार अब विद्यालयले पठन–पाठन कार्य कसरी सुचारु गर्ने, विधार्थी तथा बाहिर रहनु भएका शिक्षकलाई खवर गरेर पठन–पाठन सुचारु गर्ने व्यवस्था गर्नु पर्नेछ । कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षा ब्यवस्था मिलाएर पठन पाठन सुरु हुनेछ ।

सिमकोट गाउँपालिकामा सामुदायीक र संस्थागत गरि २८ वटा विद्यालय रहेका छन् । पठन–पाठन सुचारु हुने विद्यालयलाई सेनिटाईटर र माक्सको ब्यबस्था पनि गरिने भएको छ । गत साउन र कात्तिक महिनामा हुम्लाका विद्यालयमा पठन पाठन सुरु भएको भएपनि कोरोना संक्रमित देखिएपछि बन्द भएका थिए । यसअघि पुस १५ बाट अदानचुली गाउँपालिकाका २१ वटा विद्यालयमा पठन–पाठन सुचारु भई सकेको छ । अब नाम्खा, खार्पुनाथ, चंखेली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा पठन–पाठन हुन बाँकी छ । educationpati.com

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.