पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

दमाैली, माघ ४ ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आज सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।

सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ । यसैगरी भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याए बापत उहाँहरुलाई पुरस्कृत गर्न लागिएको हो । माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कारहरु प्रदान गरिने महासङ्घका अध्यक्ष ओमकार आचार्यले जानकारी दिनुभयो । बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव उज्ज्वल पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.