Trending

अादर्श युवा क्लवको अध्यक्षमा गुरुङ

गोरखाको पालुङटार नगरपालिका वडा नं ४ स्थित अादर्श युवा क्लवको अाज भएको बार्षिक साधारणसभाबाट दिपक गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।

त्यसैगरी उपाध्यक्षमा सम्झना लामिछाने, सचिवमा विमल भण्डारी, कोषाध्यक्षमा ईश्वर पाैडेल र सदस्यहरूमा सिताराम परियार, प्रकाश गिरी र सरिता देवकाेटा चयन भएका छन् ।

क्लबले बिगत लामाे समयअघिदेखि खेलकुद क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याउँदै अाइरहेकाे छ । नवनिर्वाचित अध्यक्ष गुरूङले अागामी दिनहरूमा क्लबकाे गरिमालाइ उच्च बनाउने याेजना ल्याउने बताउनुभएकाे छ ।

Back to top button