नेपालमा कम्युनिष्टहरु सधैंको लागि अन्त्य हुने बाटोमा लागे – के.स. भट्टराई

दमौली ,तनहुँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाल कम्युनिष्टहरु सधैंको लागि अन्त हुने बाटोमा लागेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले शनिबार दमौलीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टाराईले सो कुरा बताएका हुन् । कम्युनिष्टहरु जनताको समस्या भन्दा पनि पद र सक्ताको पछि लागेको भट्टराईले बताए । ‘‘भ्रष्ट्राचार गर्दै गर्दैनौं, गर्न दिँदै दिदैंनौं, सहदैं सहदैनौं शुन्य सहनशिलता अपनाउँछौं भने तर भ्रष्ट्राचार गरेर गुटको खेमामा जम्मा गर्ने काम भयो’’ भष्ट्रराईले भने ।

वाईडबडी, बालुवाटार जग्गा लगायतका विभिन्न प्रकरण भएका भ्रष्ट्राचारहरु बाँडीचुडी खाएको भए झगडा हुँदैनथ्यो आफ्नो खेमामा जम्मा गर्ने काम भएकोले झगडा परेको भट्टराईको भनाई थियो । दुई तिहाई सरकार हुँदाँ पनि जनताको सेवा गर्न नलागेर जनतालाई ढाँटेर, थिचेर, पेलेर गएकोले कम्युनिष्टहरु पतनको बाटो रोजेको भट्टराईको भनाई थियो । ‘गुटको खातामा पैसा जम्मा गर्नु पर्ने, गुटको लागि नै पदमा नियुक्त गर्नु पर्ने, मन्त्री पनि आफ्नै खेमाको बनाउनु पर्ने तरिकाले ओली लागेको कम्युनिष्ट पार्टी संकटमा परेको भट्टराईको भनाई थियो । प्रतिनिधी विघटनलाई लिएर हाल वैधानिक वा अवैधानिक दुवै भन्न नमिल्ल्ने उनले बताए । ‘‘एकातिर सर्वोच्च अधिकार अदालतलाई दिएका छौं अर्को तिर प्रधानमन्त्रीलाई असंवैधानिक कायम भयो भनेका छौं भट्टराईले भने सर्वोच्चको पैmसला आउनु अगाडि नै यही हो भनेर भन्नु मिल्दैन’’ । ‘‘अदालतको पैmसला अगाडि नै भन्ने गरेमा न्यायिक सर्वोच्चतालाई मानेको हुँदैन’’ भट्टराईले भने । पैmसल अगाडी नै बोल्दा प्रधानमन्त्रीले जसरी संविधान मिचेको भनिएको छ त्यसरी नै हामीले पनि संविधान मिचेको देखिने भट्टराईको तर्क थियो ।

लोकतन्त्रको प्राण वायु चुनाव भएकोले कांग्रेस चुनाव देखि नभाग्ने भट्टराईको भनाई रहेको थियो । सबै दलले सर्वोच्चको निर्णय मान्छौं भनेको अवस्था भएकोले हतार गर्न नहुने उहाँको सुझाव थियो । निर्वाचन पनि नहुने र सदन पनि पुर्नस्थापना नहुने अवस्था आयो भने संवैधानिक सङ्कट आउने र त्यस समयमा भने आन्दोलनमा कार्यक्रममा ल्याउनु पर्ने भट्टराईको भनाई थियो । नेपाल कम्युुनिष्ट पाटी भित्रको अन्तर कलहले गर्दा सदन विघटनको दुर्घटना भएको भट्टाईले बताए बताए । कार्यक्रममा पार्टी सचिव विश्व वास्तालाले नेपालको संविधानले अस्थिर सरकारको परिकल्पना नगरेकोले ओली सदन विघटन गरेर संविधान मर्म विपरित काम गरेको बताए । कार्यक्रम व्यास नगरसभापति शान्तिरमण वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासमितिकी सदस्य मिरा जोशी, महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, जिल्ला कमिटीका सदस्यहरु अशोककुमार श्रेष्ठ, पवित्रा पौडेल, नेविसंघका महामन्त्री दीपक भट्टराई, पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल, व्यास नगरका सचिव मोहनकुमार श्रेष्ठ, चुडामणी दाहाल, प्रवक्ता डम्बरबहादुर अधिकारी, दलित संघ नगर सभापति होम रसाईली, वडा नं.१ का सभापति मणिजंग बस्नेत, टोल सचिवहरुको तर्पmबाट सरोज भण्डारी लगायतले कम्युनिष्टहरु नियत नै तानाशाह भएकोले जनताले पराजित गरेर पतनतिर लैजानु जरुरी रहेको कुरामा जोड दिएका थिए । व्यास नगर कांग्रेसको कन्द्रीय कार्यक्रम अन्तरगत तनहुँका १० वटै स्थानीय तहमा विरोध सभा गरिएको थियो ।

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.