Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
यस वर्षको शैक्षिक सत्र जेठमा अन्त्य गर्न प्रस्ताव, एसईई परीक्षा पनि जेठ अन्तिममै

यस वर्षको शैक्षिक सत्र जेठमा अन्त्य गर्न प्रस्ताव, एसईई परीक्षा पनि जेठ अन्तिममै

काठमाण्डाै – यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षा पत्रकार सञ्जाल (ईजाेन) ले आयाेजना गरेकाे कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताउनुभयो । धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ । ‘अनलाइन कक्षा त भइरहेका छन् तर कतै–कतै अहिलेसम्म पनि विद्यालय खुलेका छैनन्, त्यसैले चैतमा शैक्षिक सत्र अन्त्य गर्ने कुनै सम्भावना देखिएन, हामीले जेठको अन्तिमसम्म सत्र अन्त्यको प्रस्ताव पठाएका छौँ’, बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो । यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ । कोरोना महामारीका कारण गएकाे वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ । ‘गएकाे वर्ष विशेष अवस्था थियो र आन्तरिक मूल्याङ्कनलाई आधार मानियो, यस वर्ष पनि त्यस्तै हुने सम्भावना छैन, परीक्षा नै हुन्छ, त्यसका लागि पहिले सबै विद्यालय खुल्नुपर्‍याे र त्यसैअनुसारको तयारी पनि सुरु हुन्छ’, परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भन्नुभयो ।  ujyaloonline

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.