कार्यालयमा देखिएन सामाजिक दूरी

कोरोना भाइरसको सङ्क्रमण समाज अझै पनि रहँदै आएको अवस्थामा यहाँका सेवाप्रदायक सरकारी कार्यालयमा सामाजिक दूरी कायम गरेका छैनन् । सामाजिक दूरी कायम नहुँदा सेवा लिन आउने सेवाग्राही ठेलमठेल गरी लाइनमा बसेर सेवा लिन बाध्य भएका छन् । अन्य कार्यालयमा स्वास्थ्य मापदण्ड पूरा भए नभएको निगरानी र कार्यान्वयनमा ल्याउने जिल्ला प्रशासन कार्यालयमै यो समस्या रहेको छ । स्वास्थ्य मापदण्ड लागू गराउने जिल्ला प्रशासन कार्यालय तनहुँमा नै स्वास्थ्य मापदण्ड पालना गराउन सकिरहेको छैन । विशेष–गरी जिल्ला प्रशासन, मालपोत, नापी, करदाता सेवा कार्यालय, तनहुँ जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, दमौली अस्पतालमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । सेवाग्राहीको भीड बढेकाले स्वास्थ्य मापदण्ड लागू गर्न सक्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । कार्यालयमा दैनिक १०० देखि १३५ जना नागरिकता लिन र ३० देखि ३५ जना राहदानी लिन आउने गरेका छन् । सेवाग्राहीको साथमा आएका परिवारजन, आफन्तको कारणले पनि भीड बढेको बरालले भने, नागरिकता लिनुपर्दा बाबु÷आमा वा नजीकको नातेदार पनि साथमा ल्याउनुपर्ने हुँदा भीड बढ्नु स्वभाविक हो । मालपोत कार्यालयमा टोकन प्रणाली जिल्ला मालपोत कार्यालयले भीड कम गर्न टोकन प्रणाली लागू गरेको छ । टोकन प्रणाली लागू गरेपनि भीड थेगी नसक्नु हुने गरेको निमित्त मालपोत अधिकृत खेमबहादुर खत्रीले बताए । घर जग्गा धितो राखेर व्यापार र व्यवसाय गर्नेको हवृद्धि हुँदै गएकाले व्यवस्थापन गर्न नसकिएको उनी स्वीकार गर्नुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयमा दैनिक सेवाग्राहीको भीड बढेपछि भीडलाई न्यूनीकरण गर्न र सेवाग्राही दुई÷तीन दिन धाउनुपर्ने अवस्था आएकाले घरबाटै टोकन लिने व्यवस्था मिलाइएको छ । आफूले दर्ता गर्न चाहेको उद्योग तथा फर्म दर्ताका लागि आवश्यक कागजात कार्यालयको इमेल वा फेसबुक पेजमा फोटो खिची मेसेज गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । ः– रा स स

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.