युवालाई ९ लाख ६० हजार अनुदान

सुन्दरबजार नगरपालिकाले विदेशबाट फर्किएर आएका तथा बेरोजगार युवालाई तरकारी र मौरीपालनका लागि अनुदान दिएको छ ।
विदेशमा दुःख भोगेर आएका तथा काम नपाएर फुर्सदमा रहेका युवालाई स्वरोजगार बनाउन तरकारी खेतीमा र मौरी पालन व्यवसायमा अनुदानको व्यवस्था गरेको जनाएको छ । नगरपालिका कृषि सेवा शाखाका प्रमुख सुरेशप्रसाद अधिकारीका अनुसार गतबर्ष मात्रै शाखामार्फत २४ जना युवालाई अनुदान दिइएको छ । च्याउ, काउली, बन्दा, गोलभेडालगायतका विभिन्न तरकारी खेती गर्दै आएका किसान र मौरीपालन गर्दै आएकालाई अनुदान उपलब्ध गराएको हो । नगरपालिकाले युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी  र मौरीपालन खेतीमा अनुदान दिएको अधिकारीले बताउनुभयो । आर्थिक बर्ष २०७६÷०७७ मा तरकारी खेती गर्दै आएका १२ जना युवालाई र मौरी पालन गर्दै आएका १२ जना युवालाई अनुदान दिएको हो । प्रति युवा ४० हजार रुपैयाँका दरले कूल ९ लाख ६० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
विदेशबाट फर्किएर आएका, बेरोजगार ५० बर्ष मुनिकालाई अनुदान दिएको जनाएको छ । अनुदानका लागि युवाले कृषि गरेको स्थलको अनुगमन तथा निरीक्षण गर्ने, मापदण्ड अनुुसार भए नभएको हेर्ने, मापदण्ड अनुसार भए छनौट गर्ने गरिन्छ । सम्झौता भएपछि मात्र अनुदान रकम दिने गरिएको जनाएको छ ।
नगरपालिका प्रमुख जनकराज मिश्रले युवालाई गाउँघरमै स्वरोजगार बनाउन र विदेश पलायनको समस्या समाधानका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । आफ्नै ठाउँमा काम नगरी विदेश जाने सोंच बनाएका युवालाई गाउँठाउँमै कृषि गर्दा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा बताउँदै अनुदान दिने गरेको बताउनुभयो । धेरै युवा बेरोजगार भएका कारण विदेश जान बाध्य भएकाले त्यस्ता युवालाई नगरपालिकाले नगरभित्रै बस्न सक्ने र आम्दानी गर्न सक्ने वातावरण सिर्जनाका लागि लागेको बताउनुभयो । कृषिबाट नै समृद्धि हुने भएकाले युवालाई कृषिमा आकर्षित गर्ने र आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । युवाको माग अनुसार अनुदान दिँदै जाने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.