Trending

तनहुँको डुम्रे चिसापानीमा ट्राफिक सचेतना कार्यक्रम

डिपि अधिकारी / डम्रे, तनहुँ
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग एवं गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले ट्राफिक व्यवस्थापन तथा सुधार अभियान संचालन गरेको छ । दुईपाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट यस अभियान शुभारम्भ गरेको थियो । यस अभियान अन्तर्गत दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण दिई सचेत गराईएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज कुमार शाहीले जानकारी दिनुभयो । सवारी दुर्घटना बढी मात्रामा दुईपाङ्ग्रे सवारी साधनका कारण भएकाले ती सवारी चालकलाई प्रशिक्षण कार्यक्रम आवश्यक भएको उहाँले बताउनुभयो । दुईपाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण गराई सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउन सप्ताहव्यापी रुपमा तनहुँ जिल्लामा सडकमै पाँच मिनेट मोटरसाइकल र स्कूटर चालकलाई प्रशिक्षण दिईएको हो । कार्यक्रम अन्तरगत विहिबार तनहुँको डुम्रे चिसापानीमा करिब १ सय वटा दुईपाँग्रे सवारी चालकलाई प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । दुईपाँग्रे सवारी साधन चलाउनुपूर्व सवारीको अवस्था जाँच गर्नु पर्ने , हेलमेट लगाउनु पर्ने र हेल्मेटको फित्ता राम्रो सँग बाँध्नु पर्ने, बढीमा २ जना मात्रै यात्रा गर्नु पर्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तिब्र गतिमा सवारी नचलाउन, सहायक बाटोबाट मुख्य बाटोमा प्रवेश गर्दा राम्रो सँग ख्याल गरी सवारी चलाउन , जथाभावी ओभरटेक नगर्न, सवारी चलाउँदा मोवाईल फोनको प्रयोग नगर्न, सवारीको मोडिफाई नगर्न, लाईसेन्स नभै सवारी नचलाउन, ट्राफिक चिन्ह र संकेतको पालना गरी सवारी चलाउन अनुरोध गरिएको तनहुँका ट्राफिक प्रमुख रानाभाटले बताउनु भयो ।
कार्यक्रममा प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक हिरा नेपाल लगाएतले ट्राफिक नियम आफ्नै सुरक्षाकोलागि हो भनेर नियम संगत रुपमा सवारी चलाउनु पर्ने धारणा राख्नुभयो । साथै उहाँले ट्राफिक सम्बन्धि कुनै जानकारी लिन वा सिकायत गर्नका लागि ट्राफिक कन्ट्रोलको निशुल्क फोन नम्बर १०३ मा फोन गर्न सकिने समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker