Trending

तनहुँकाे भानुमा कृषि जैविक विविधता संरक्षण तथा प्रबर्द्धन रणनीतिक याेजना प्रस्तावित मस्यौदा बारे छलफल तथा परामर्श विषयक गाेष्ठी सम्पन्न

डिपि अधिकारी / तनहुँ
कृषि जैविक विविधता संरक्षण तथा प्रबर्द्धन रणनीतिक याेजना प्रस्तावित मस्यौदा बारे छलफल तथा परामर्श विषयक गाेष्ठी तनहुँकाे भानुमा मंगलबार सम्पन्न भएकाे छ ।
युएसए आइडि, डब्लु-डब्लु एफ,,केयर नेपाल , एन टि एन सी र हरियाे बन नेपालकाे सहयाेगमा तनहुँकाे भानु १ काे कल्याणटारमा रहेकाे परिवर्तनसिल महिला सामुदायिक बिकास सममजकाे आयाेजनामा गाेष्ठी सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि भानु नपाका प्रमुख उदयराज गाैलीले सवैकाे सहयाेगमा याेजना निर्माण गर्दा वास्तविक अवस्थाकाे उजागर भई साेहि अनुसार याेजन निर्माण गरि कार्यान्वयन गरेमा लक्षमा पुग्न सकिने धारणा राख्नु भयाे । विशिष्ट अतिथि प्रमुख प्रशासकीय राजेन्द्रदेव पाण्डेले याेजना निर्माण गर्दा वर्तमान अवस्थाकाे विश्लेषण गर्नु पर्ने भन्दै नपाकाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
समाजकी अध्यक्ष कान्छिमाया तामाङकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा पि एम सी संयाेजक मिलन भुजेलले परियाेजनाकाे समग्र कार्य प्रगति तथा उपलब्धि बारे विवरण प्रस्तुत गर्नुभएकाे थियाे भने परियाेजना संयाेजक चेतबहादुर रानाले कृषि जैविक विविधता संरक्षण तथा प्रबर्द्धनका लागि रणनीतिक याेजना मस्यौदा बारे प्रस्तुतिकरण पेश गर्नुभएकाे थियाे ।
कार्यक्रममा भानु ६ का वडाअध्यक्ष टिकाराम हडखले,कृषि पशु शाखा प्रमुख खित कुमार श्रेष्ठ , चुँदी सामुदायिक बीउ बैंक संरक्षण समितिका सदस्य हरि प्रसाद ढकाल, स्थानीय समाजसेवी राज बहादुर गुरुङ लगाएतले कृषि जैविक विविधता संरक्षण तथा प्रबर्द्धनकाे महत्त्व माथि आ-आफ्नो धारणा ब्यक्त गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण द्राैपदी गुरुङले गर्नु भएकाे थियाे ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker