Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
रोट्रयाक क्लब अफ बज्र मनास्लुले ब्रह्मचारीणी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रोट्रयाक क्लब अफ बज्र मनास्लुले ब्रह्मचारीणी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गोरखा – गोरखाको जराङमा रहेको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सामाजिक संस्थाले न्यानो कपडा बितरण गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिका ८ को जराङमा रहेको ब्रह्मचारीणी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई रोट्रयाक क्लब अफ बज्र मनास्लुले न्यानो कपडा वितरण गरेको हो ।

क्लबले कक्षा १ देखी ८ सम्म अध्ययनरत ४४ जना बिद्यार्थीहरुलाई स्विटर र १ दर्जनका दरले कपी वितरण गरेको क्लबका निबर्तमान अध्यक्ष अनुशा श्रेष्ठले बताईन । ‘हामीले प्रोजेक्ट तातो अन्तरर्गत स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई स्विटर बितरण गरेका हौ’ उनले भनिन् ।

बितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष अम्बर गुरुङको समेत उपस्थिती रहेको थियो । अध्यक्ष गुरुङले क्लब संग समन्वय गरेर बिद्यार्थीहरुलाई उत्त सामाग्री बितरण गर्न सफल भएका हुन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.