Trending

आपपिपल अस्पतालमा ४६ जनाको निशुल्क शल्यक्रिया

च्याङलीबाट २५ मध्ये १३ जनामात्र शल्यक्रिया गर्न गए

गाेरखाकाे आपपिपल अस्पतालमा अाज ४६ जनाकाे निशुल्क शल्यक्रिया गरिएकाे छ ।
अाँपपिपल अस्पताल को आयोजना र मातृका आई केयर सेन्टर काठमाडौंको प्राबिधिक सहयोगमा शल्यक्रिया गरिएकाे पालुङटार नगरपालिका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिनुभयाे ।  अस्पतालमा निशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्नुअघि नगरपालिकाका बिभिन्न स्थानहरूमा स्क्रिनिङ शिविर सम्पन्न भएको थियाे।
शिविरमा डाक्टर किशोर राज प्रधानको नेतृत्वमा १६ जना महिला र ३० जना पुरुष गरि जम्मा ४६ जनाको शल्यक्रिया गरिएको थियाे ।
शिविरमा शल्यक्रिया गर्नकाे लागि वडा नं. ७ काे च्याङली स्वास्थ्य चाैकिबाट स्क्रिनिङ गरिएका २५ जनामध्ये १३ जनामात्र शल्यक्रिया गर्न गएका च्याङली स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डेले बताउनुभयाे ।
उक्त शिविरमा बिरामीलाई अस्पतालसम्म ल्याउन र घरसम्म पुर्याउन अस्पतालले निशुल्क बसको समेत ब्यबस्थापन गरेको थियो।
Back to top button