Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
दृष्टि युवा क्लबद्वारा गाउँमा सडक बत्ति जडान ।।।

दृष्टि युवा क्लबद्वारा गाउँमा सडक बत्ति जडान ।।।

आँबुखैरेनी, १० पौष ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नंं.१, डुम्रीडाँडा स्थित दृष्टि युवा क्लबले गाउँमा सडक बत्ति जडान गरेको छ । जंगली जनावरको आक्रमण तथा अपराधिक घटनाहरु न्यूनीकरणका लागि डिहि गाउँ ,डुम्रीडाँडा र ढाप गाउँमा ३० वटा सडक बत्ति जडान गरिएको हो । आँबुखैरेनी गाउँपालिका र स्थानिय बासिन्दाहरुको आर्थिक सहयोग र क्लबबाट गरी १ लाख १७ हजार रुपैंयाको लागतमा सडक छेउमा रहेको घरहरुबाट निःशुल्क विद्यृत सहयोगमा सडक बत्ति जडान गरिएको क्लबका अध्यक्ष पवन नेपालीेले जानकारी दिनुभयो । सडक बत्ति जडान पछि गाउँमा जंगल जनावरको आक्रमण तथा अपराधिक घट्नामा कमी आउनेमा विश्वस्त रहेको उहाँको भनाई रहेको छ । यस्तै, यहाँका स्थानीय वासिन्दालाई सडक बत्तीका कारण गाउँ बेशी गर्न, किसानलाई दूध डेरि सम्म पु¥याउन जान–आउन सहज हुने, विद्यार्थीहरुलाई बिद्यालय तथा कलेज जान, आउन सहज र सुरक्षित हुने, चोरी, डकैंती, अपराधिक घट्नाहरुमा कम हुने भएपछि स्थानीयबासी खुसी भएको क्लबका सचिव मनोज बास्तोलाले बताउनुभएको छ । गाउँलाई उज्यालो गाउँको रुपमा चिनाउने कार्यमा सहयोग गर्नुहुने गाउँपालिका, वडा कार्यालय, स्थानीयबासी, विभिन्न संघ–संस्था, व्यक्तिहरुलाई विशेष धन्यवाद दिनुहुदै आगामी दिनमा पनि गाउँको विकासका लागि सधै लागि पर्ने क्लबका उपाध्यक्ष केशव घिमिरेले बताउनुभएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.