Trending

तनहुँकाे बाईसजाँगरमा काेसेली घरकाे स्थापना

डिपि अधिकारी / पाैष ४
तनहुँकाे बाईसजाँगरमा काेसेली घरकाे स्थापना गरिएकाे छ । जैविक विविधता संरक्षण एवं रैथाने बीउ विजनकाे प्रवर्द्धन गरि स्थानीय स्तरमा उत्पादन भएकाे अर्गानिक कृषि उपजहरुकाे विक्रि बितरण गर्ने उदेश्यले काेसेली घरकाे स्थापना गरिएकाे हाे । बाईसजाँगर बसपार्क चाेकमा काेसेली घरकाे शनिबार एक कार्यक्रमका बीच भानु नगरपालिकाका प्रमुख उदयराज गाैलीले उद्घाटन गर्नु भएकाे छ । उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख गाैलीले समयमै रैथाने बालीकाे संरक्षण गर्न सकिएन भने उन्नत जातकाे आयतित बीउ बिजनकाे भर पर्दा उत्पादनमा भाेलि कुनै दिन किसानले धाेका पाउन सक्ने तर्क गर्दै रैथाने बालीकाे संरक्षणमा जाेड दिनुभयाे । साथै उहाँले कृषकहरुले बाली बिमा अनिवार्य रुपमा गराउनु पर्नेमा जाेड दिनु भयाे ।
जैविक विविधता संरक्षण समिति भानु ९ पुर्काेटका अध्यक्ष विकलराज अधिकारीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा सामुदायिक बीउ बैंक संघ नेपालका केन्द्रीय अध्यक्ष सिताराम बजगाईं,काेषाध्क्ष पार्वती भण्डारी , नपाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे, प्रधानमन्त्री कृषि परियाेजना तरकारी जाेन गाेर्खाका वरिष्ठ कृषि विकास अधिकृत कुल प्रसाद अधिकारी , नपाका कार्यपालिका सदस्य देव बहादुर भुजेल, वडा नं. ९ का वडा अध्यक्ष निलम सँजिबा श्रेष्ठ , लिवर्डका कार्यक्रम अधिकृत निरञ्जन काेईराला, पुर्काेट सेवा समाजका अध्यक्ष बासुराज कडरिया, पुर्काेट कालिका बहुमुखी क्याम्पस प्रमुख ओजराज बगाले, उत्कृष्ट कृषक कृष्णराज धमनिया, हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष तिलाराम ढकाल, समाजसेवी कृष्णमान श्रेष्ठ, सिभिल बैंक पुर्काेटका प्रमुख केशव रेग्मी लगाएतले स्थानीय तहले कृषि सँग सम्बन्धित विषय वस्तु समेटेर पाठ्यक्रम निर्माण गरि आधारभूत तह देखि नै विद्यालयमा लागू गर्नु पर्नेमा जाेड दिंदै कृषकले उत्पादन गरेकाे कृषि उपजले उचित मूल्य पाउनु पर्ने र बजारीकरणमा ध्यान दिनु पर्नेमा जाेड दिनुभयाे ।
साे अवशरमा सामुदायिक बीउ बैंक संघ नेपालका केन्द्रीय अध्यक्ष सिताराम बजगाईलाई सम्मान गरिएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण जैविक विविधता संरक्षण समिति भानु ९ पुर्काेटका सचिव राजन थपलियाले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker