Trending

मङ्सिर २८ गतेबाट मनकामना मन्दिर खुल्ने

गाेरखा । प्रसिद्ध शक्ति पीठ मनकामना मन्दिर नियमित पुजाका लागि मङ्सिर २८ गतेबाट सबैका लागि खुल्ने भएकाे छ । मन्दिर खुलेसँगै मनकामना केवलकार पनि खुल्ने भएकाे छ ।

मनकामना क्षेत्र बिकास समितिको आयोजनामा र सम्बन्धित गाउँपालिकाहरु, वडाध्यक्ष,मनकामना मन्दिर जिर्णोद्वार समिति,पुजारी, मनकामना केबलकार,उधोग बाणिज्य संघ मनकामना बजार ईकाइ, राजनीतिक दलको प्रतिनीधि लगायत स्थानीय संघ, संस्था र बुद्दिजिबीहरूको संयुक्त भेलाले यहि मिति २०७७ मंसिर २८ गते आईतवारबाट स्वास्थ सुरक्षा मापदण्ड अपनाएर मनकामना मन्दिर र केबलकार सेवा भक्तजनहरूको लागि खुल्ला गर्ने निर्णय गरेको स्थानीय नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

Back to top button