Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पालुङटारमा नेपाली कांग्रेसकाे मसाल जुलुस

पालुङटारमा नेपाली कांग्रेसकाे मसाल जुलुस

नेपाली कंग्रेस पालुङ्टार नगरकार्यसमितिको आयोजनामा आज मसाल सहितको विरोध जुलस निकालिएको हो । उक्त जुलुस पा.न.पा.५ को माझटारबाट सुरु भई विभिन्न ठाउँ हुदै ठाटिपोखरीमा रहेको समि चौतारीमा गई कोणसभामा परिणत भएको थियो ।

नेपाली कंग्रेस पालुङ्टार नगरकार्यसमितिको आयोजनामा आज मसाल सहितको विरोध जुलस निकालिएको हो । उक्त जुलुस पा.न.पा.५ को माझटारबाट सुरु भई विभिन्न ठाउँ हुदै ठाटिपोखरीमा रहेको समि चौतारीमा गई कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पालुङ्टार नगर सभापति एवम् पालुङ्टार नगरपालिकाका प्रमुख ई. दिपक बाबू कंडेलले लोकतान्त्रीकरणका लागि जस्तो सुकै सम्झौता गर्न तयार रहेको तर अपराधीक क्रियाकलापको लागि भने कुनै पनि किसिमको सम्झौता गर्न तयार नभएको प्रष्ट्याउदै विगत देखि हाल सम्म देशको आमूल परिवर्तनमा नेपाली कांग्रेसले खेलेको उल्लेख्य भुमिका बारे स्मरणका निम्ति आग्रह गर्नु भयो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माथि तनहुमा भएको दुर्ब्यवहार, ज्यादती र प्रहरी हिरासतमा राख्ने सरकारी अधिनायकवादी रवैयाको बिरुध्दमा मसाल सहितको बिरोध जुलुस प्रदर्शन गरिएको नेपाली काङ्ग्रेस पालुङ्टारका नेता तथा नगर कार्यसमितिका प्रबक्ता विमल ढकालले बताउनु भयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.