गाेरखा क्याम्पसमा स्थापना गरिएकाे अाइसाेलेसन सहित क्वारेन्टिन बन्द हुने

मङ्सिर ११,गोरखा ।

गाेरखा जिल्लाकाे एकमात्र सरकारी क्याम्पस गाेरखा क्याम्पसमा स्थापना गरिएकाे अाइसाेलेसन सहित बन्द हुने भएकाे छ ।

जिल्ला बिपत व्यवस्थापन समिति तथा कोरोना रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले साे निर्णय गरेकाे हाे । गाेरखा क्याम्पसमा क्वारेन्टिन तथा अाइसाेलेसन निर्माण गर्न करिब ७४ लाख रुपैयाँ खर्च भएकाे बताइएकाे छ ।  साे क्याम्पसमा  ७६ बेड क्षमताको आइसोलेसन निर्माण गरिएकाे थियाे ।

त्रिभुवन बिश्वबिद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्नुपर्ने तथा क्याम्पसमा पूर्वाधार निर्माण समेत गर्ने तयारी भएकाले क्याम्पसले पटक–पटक आइसोलेसन हटाइदिन अनुरोध गरेपछि आइसोलेसन हटाउने निर्णय भएकाे हाे । ‘जिल्ला भित्रका स्थानीय तहहरुले आफ्ना पालिका भित्र लक्षण नदेखिएका संक्रमितको आफै व्यवस्थापन गर्ने गरेका छन्, साहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन, ‘क्याम्पसमा आइसोलेसन सञ्चालन र व्यवस्थापन गरिरहन नपर्ने देखिएकाले आइसोलेसनका सामाग्री गोरखा नगरपालिकालाई बुझाउने निर्णय गरिएको हो ।’

आइसोलेसनमा रहेका सामाग्रीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय, गोरखा नगरपालिका र गोरखा अस्पतालले गर्नेछ । त्यस्तै आइसोलेसनको सुरक्षाका लागि खटिएका नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई पनि तत्कालै फिर्ता बोलाउने निर्णय बैठकले गरेको उनकाे भनाइ छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.