बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी :  बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आइरहेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुढ्ढा नजिकै मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको खुलेको छ। दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ।

दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका ४ की ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका(५ बाँस्कोटा ७० वर्षीया पार्वतीदेवी चन्द, त्यही ठाउँकी ७२ वर्षीया पार्वती देवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले बताए।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.