
धादिङ, ४ मंसिर ।
कोरोना संक्रमणबाट धादिङमा थप एक महिलाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ की ६० बर्षिय महिलाको बिहीबार वीर अस्पताल काठमाडौँमा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।
ति महिलाको स्वास्थ्यमा समस्या आएपछिगत कार्तिक २८ गते स्वाव संकलन गरी वीर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना रिपोर्ट पोजिटिभ आएको ति महिलाको बिहिबार मृत्यु भएको हो । यो सँगैधादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ