Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
अस्पतालभित्रै भाइटिका लगाउन पाउँदा बिरामी दंग

अस्पतालभित्रै भाइटिका लगाउन पाउँदा बिरामी दंग

चितवन । चितवन मेडिकल कलेजले बिरामीहरुलाई भाईटिका लगाइदिएको छ । नेपालीहरुको दोस्रो महान चाड तिहारको अबसरमा कलेज प्रशासनको व्यवस्थापनमा भाइटिका लगाइएको हो । बिरामीको मनोबल उच्च बनाउन नर्सहरुले बिरामीलाई भाइटिका लगाइदिएका कलेजका कार्यकारी प्रमुख प्रताप देवकोटाले बताए ।उनका अनुसार अस्पतालमा काम गर्ने नर्स र उपचार गराइरहेका बिरामीलाई खल्लो नहोस भनेर भाइटिकाको कार्यक्रम गरिएको हो । स्वास्थ सुरक्षाका मापदण्ड अनुरुप अस्पतालले सामजिक उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको अस्पतालका प्रवन्ध निर्देशक प्रोफेसर डाक्टर हरिश चन्द्र न्यौपानेले जानकारी दिए ।अस्तपालमा नर्सिङ अफिसर अंकिता कुँवर, अर्चना सेढाई, नर्स कर्मचारी सुस्मा गुरुङ, समिना मियाले बिरामीलाई भाइटिका लगाइदिएका हुन । भाइटिका ग्रहण पश्चात् भरतपुर २८ का कृष्ण पोख्रेलले आफू अस्पताल मै रहे पनि टीका ग्रहण गर्न पाउँदा घरमै रहेको जस्तो अनुभुती भएको बताए । उनले जिवनको एउटा अविस्मरणीय पलको लागि अस्पताललाई धन्यवाद दिए । त्यस्तै अर्का बिरामी भरतपुर १० का मधुकर लामा बेडमा नै टीका लगाउन पाउँदा दङ्ग थिए । उनले भाइटिका ग्रहण गर्न पाउँदा हर्सित भएको बताए । नर्सहरुले बिरामीको बेडमा नै पुगेर टीका लगाइदिएका थिए । कलेजले विगतका बर्ष पनि दशै तिहारमा टीका लगाउने कार्यक्रम गर्दै आएको थियो ।

साैराहाअनलाइनबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.