Trending

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वकाे साइकल यात्रीहरूलाइ चितवनमा स्वागत

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पश्चिम नेपालको महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साईकल यात्रा निस्केको समुहलाई आज (सोमबार) चितवनमा स्वागत गरिएको छ। डबली क्याफे भरतपुरले साइकल यात्रीलाई स्वागत गरेको हो ।

कात्तिक १७ बाट पश्चिमको महेन्द्रनगरबाट सुरु भएको साइकलयात्रा ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा  सम्मको साइकल यात्रा सम्पन्न गरि आज चितवन आइपुगेको हो ।
अबको साइकल यात्रा हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काकडभित्तासम्म मसिंर ९ गते झापाको काकडभित्ता पुगेर सम्पन्न हुने साइकलयात्री निरा बरालले बताइन ।

साइकल यात्राले शिथिल बनेको पर्यटन व्यवसाय फेरि तङ्ग्रिन सहयोग गर्ने विश्व साइकल यात्री पुष्कर शाहले बताए । साइकलयात्रामा १५ जना पर्यटन व्यवसायी सहभागी छन् ।

narayanionline

Back to top button