तनहुँसुर किन घुम्न आउने ?

तनहुँसुर घुम्न आउनुका कारणहरु:
१) सेन वंशिय राजाले राज्य सञ्चालन गर्दाका दरवार, हतियार, भाषण गर्ने गद्दिचौतारो, कालिका मन्दिर, खाद्यान्न भण्डार गर्ने धानगोदाम, राजाले नुहाउने स्थान, राजाले प्रयोग गर्ने इनार, सेनालाई तालिम दिने टुडिखेल आदिको स्थलगत अवलोकन गर्न ।
२) करिव ५०० वर्ष भन्दा अघि देखिको सिलिङ्गे फूलको वृक्ष जसको वास्ना गोरखासम्म पुग्दथ्यो भन्ने किम्बदन्ति छ । सो को निरिक्षण गर्न
३) तनहुँको लगभग दोस्रो-तेस्रो उच्चमा अंकित तनहुँसुरवाट सेरोफेरो व्यास न.पा, भानु न.पाका अधिकांश भु-भाग, लमजुङ,कास्की, गोरखा जिल्लाका विभिन्न ठाउँको दृश्या अवलोकन गर्न ।
४) समुन्द्री सतहबाट करिव १३०० मिटर उचाईवाट आँखाले पनि २ पटक नजर घुमाएर हिमालहरु हेर्न पर्ने भएकोले ।
५) अत्याधुनिक रुपमा आकर्षक सहिद पार्कवाट चिसो हावा लिदै थकान मेटाउँदै मनै लोभ्याउने सुन्दर आकृतिहरुको तस्बिर कैद गर्न ।
६) राष्ट्रिय फूल लालिगुँरास, श्रृङ्गार/पारीजात फूल, बुकि फूल, लगायत अन्य फूलहरुको वगैचाको अनुगमन गर्न ।
७) सल्ला सुसाएको र त्यसको वास्ना, बाबियो जस्तै लामा-लामा सुन्दर झार हेर्न ।
८) ढुङ्गाका प्राकृतिक स्वरुप हेर्न र ढुङ्गामा हात राख्दा लाग्ने हत्केलाको छाप वसाल्न ।
९) कीट खानि भएकोले खानि तथा कीट अवलोकन गर्न ।
१०) मगर जातको बाहुल्यता भएकोले मगर नाच, घाटु, चुड्का र होम स्टेमा वास वस्नको लागि ।
११) तनहुँसुरमा सुन जस्तै देखिने वोटमा लटरम्म पाकेर फल्ने सुन्तलाको स्वाद लिन ।
१२) स्थानिय स्तरमा फल्ने कोदो, मस्याङ आदिको ढेडो, दालको परिकार खान ।
१३) पुराना घरहरुको संरचना हेर्न ।
१४) वरपर देखिने समुन्द्रको छाल जस्तो कुहिरोको दृश्य हेर्न ।
१५) विहानिको सुर्योदय हेर्न ।
१६) क्याम्पियनको लागि
-अनुज पण्डितको लेख भानु खबरबाट

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker