Trending

अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडनलाई प्रधानमन्त्री शर्मा ओलीकाे बधाई

अमेरिकाको ४६ औं बनेका राष्ट्रपति जो बाइडनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडनलाई बधाई ज्ञापन गरेका हुन । आज बिहानै ट्वीट गर्दै ओलीले ऐतिहासिक जितका लागि बधाई दिएका हुन्।प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याएका छन्।

बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्-  ‘हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’

Back to top button
Close