एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी

तनहुँ  नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी रहेको छ ।असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो । अभियानका कारण विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग जुट्न थालेको हो ।सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाबाट रु ५१ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संस्थाको हालै बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको सहकारीका व्यवस्थापक दयाराम शर्माले बताउनुभयो ।रेडक्रसले अगाडि सारेको मानवीय अभियानलाई अपनत्व प्रदान गर्दै संस्थाले सो निर्णय गरेको अध्यक्ष तुलसीराम सुवेदीले बताउनुभयो । त्यसैगरी सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि ब्यास–१० दुम्सीकोटका अञ्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ सहयोग गरेको बताइएको छ ।उपशाखाका सभापति स्व शङ्कर गिरीका छोरा रमेश गिरीले रु १० हजार अर्थ सङ्कलन समितिका संयोजक ईश्वर पौडेललाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी अभियानलाई व्यासनगरपालिका-१० दुम्सीचौर बस्ने पूर्णबहादुर दरैले आफ्ना बुबा मानबहादुर दरै तथा आमा शान्ति माया दरैको स्मृतिमा रु ११ हजार १११ प्रदान गर्नुभएको छ ।सो अभियानलाई व्यासनगरपालिका–१० दुम्सीस्थित शिवालय आमा समूहले रु एघार हजार १११ प्रदान गरेको छ । उक्त सहयोग रकम आमा समूहकी अध्यक्ष उषा थापाले उपशाखाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको संस्थाका उपसभापति विष्णुप्रसाद अधिकारीले बताउनुभयो । त्यसैगरी उक्त उपशाखा सचिव एवं युवा रेडक्रस सर्कल चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले रु पाँच हजार ५००, व्यासनगरपालिका-१० डिहीगाउँ निवासी नेत्रबहादुरले रु पाँच हजार ५५५ सहयोग गर्नुभएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.