भूकम्पको इपिसेण्टर तोडमोड नगर्न अध्यक्ष भट्टकाे आग्रह

२०७२ सालको भूकम्पको पाँचबर्षपछि केन्द्रविन्दूको बिषयमा बारपाक सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका बीच विवाद सुरु भएको छ ।इपिसेण्टरको नाममा धार्चे गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गर्न थालेपछि बारपाक सुलीकोट गाउँपालिकाले विज्ञप्नि जारी गरी विरोध गरेको छ ।धार्चे गाउँपालिकाले वडा नं. ७ को चुङकङमा ‘इपिसेण्टर’ स्तम्भ निर्माण गर्‍यो । लाप्राकदेखि गुम्दाहुँदै चुङकङसम्म इपिसेण्टर एडेभेञ्चर टे्रकिङ ट्रेल, इपिसेण्टर साइकल ट्रेल निर्माण गरी गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालबाट उद्घाटन पनि गर्‍यो ।सो कार्यक्रमको भोलिपल्टै बारपाक सुलीकोट गाउँपालिकाले २०७२ सालको भूकम्पको इपिसेण्टर तोडमोड नगर्न आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा स्थापित इपिसेण्टर बारपाक भएकाले यसको अवस्थिति तोडमोड नगर्न र इपिसेण्टरको नाममा विभिन्न गतिविधि नगर्न आग्रह गरेका छन् ।‘२०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाक रहेको बारे अन्तर्राष्ट्रिय स्तरमा नै स्थापित सत्य हो, आज कसैले तोडमोड गर्न खोजेर हुने कुरा होइन’, सो विज्ञप्तिमा भनिएको छ, ‘यसबारे भ्रम सिर्जना गर्न खोजेर कुनै अर्थ रहँदैन । इपिसेण्टरको अबस्थितिलाई नै बदल्ने गरी गलत परिभाषा र चिनारी गर्न तथा यस बारेमा भए गरेका अन्य गतिविधिबारे हाम्रो गम्भीर असहमति छ ।’ एकातर्फी रुपबाट इपिसेण्टर तोडमोड गरी अन्यत्र स्थापित गर्ने प्रयास नगर्न गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ ।इपिसेण्टर रहेको ठाउँ आसपास रहेका बारपाक सुलीकोट, धार्चे र आरुघाट गाउँपालिकालाई जोडेर इपिसेण्टर टे्रल निर्माण गर्ने बारे गुरुयोजना निर्माण गर्ने तयारी भइरहेका बेला धार्चेले एकातर्फी रुपमा सो ट्रेल निर्माण गरेकोप्रति बारपाक सुलीकोट गाउँपालिकाले असहमति जनाएको छ ।
सो उद्घाटन कार्यक्रममा आफूलाई निम्त्याइएको भएपनि कार्यक्रम बारे विस्तृत जानकारी नदिइएकाले आफू सहभागी नभएको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.