दशैंमा खानेकुरा कसरी खाने ? मासुमात्रै खाने कि अरू पनि खाने ?

हिन्दू धर्मावलम्बीहरुको महान चार्ड बडादशैैं लागिसकेको छ । यो चाँडको धार्मिक पक्ष र महत्त्व आफ्नै ठाउँमा छ, त्योभन्दा ठूलो यसको साँस्कृति पक्ष पनि छ, जसले गर्दा दशैं हिन्दूहरुको मात्र नभई गैर हिन्दूहरुको लागि पनि एउटा महत्त्वपूर्ण चाडको रुपमा मानिँदै र स्थापिँद हुँदै आएको छ । खासगरी दशैं आफन्तहरु संग भेटघाट गर्ने, मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गर्ने एउटा महत्त्वपूर्ण अवसर पनि होे । त्यसबाहेक, दुखजिलो गरेर भए पनि मीठो मसिनो खाने चाडको रुपमा लामो समयदेखि स्थापित परम्परा पनि हो दशैं ।

दशैं संगसगै हाम्रो खानपानमा पनि परिवर्तन आउँदछ । चाडपर्वको खुसीको माहोलमा विभिन्न परिकारहरु पकाइने खाने गरिन्छ । सामान्यतः वर्षदिनभरि जे जस्तो भए पनि यो चाडको अवसरमा सबैको घरमा गच्छेअनुसार मीठोमसिनो पाक्ने, विशेषतः मासुजन्य परिकारहरु बन्ने र अरुबेलाभन्दा बढी नै त्यस्ता परिकारहरु खाने प्रचलन हुन्छ । तर त्यसरी बदलिएको खानपानले हाम्रो शरीरमा विभिन्न असर पुर्‍याउन सक्दछ । विशेष गरी दीर्घरोग (Chronic Diseases) भएका व्यक्तिहरुमा दशैंमा हुने बदलिँदो खानपानले जोखिम बढाउन सक्दछ । त्यसैले दशैंको नाममा गरिने अनियन्त्रित खानपानले निम्त्याउने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै दीर्घरोगीहरुले मात्रै हैन, स्वस्थ व्यक्तिहरुले पनि आफ्नो खानपान शैलीमा विशेष ध्यान दिनु पर्दछ ।

दशैंमा हामी कस्तो जीवनशैली अपनाइरहेका छौं त ?

दशैं यस्तो चाड हो जसमा अरुबेला भन्दा मासुको प्रयोग अत्याधिक हुन्छ । मासु आफैंमा बोसो अत्यधिक हुने चिप्लो खानेकुरा त हुँदै हो, त्यसमाथि थप यस बेला तेलमा लपक्क पारेर अथवा अत्यधिक मात्रामा तेलको प्रयोग गरी खानेकुराहरु पकाइन्छ । साथसाथै रमाइलोको लागि जाँडरक्सीको सेवन गरिन्छ । जिब्रोका लागि स्वादिलो र मिठो तर अस्वस्थकर खानाको प्रयोग बढी गरिन्छ । यस्तो खानपान शैलीले स्वस्थमा नराम्रो असर पुर्‍याउँदछ ।

दशैंमा के खाने ? “दशैंमा मासु खाने” मासु बिना दशैं अधुरो मानिन्छ । दशैं यस्तो चाड हो जसमा अरुबेला भन्दा मासुको प्रयोग अत्याधिक हुन्छ । मासु आफैंमा बोसो अत्यधिक हुने चिप्लो खानेकुरा त हुँदै हो, त्यसमाथि थप यस बेला तेलमा लपक्क पारेर अथवा अत्यधिक मात्रामा तेलको प्रयोग गरी खानेकुराहरु पकाइन्छ । साथसाथै रमाइलोको लागि जाँडरक्सीको सेवन गरिन्छ । जिब्रोका लागि स्वादिलो र मिठो तर अस्वस्थकर खानाको प्रयोग बढी गरिन्छ । यस्तो खानपान शैलीले स्वस्थमा नराम्रो असर पुर्‍याउँदछ ।

हामी अस्वस्थकर खाना खाने मात्र नभएर खाना पकाउने शैली नै पनि गलत अपनाइरहेका हुन्छौं । मासु पकाउँदा स्वादका हिसाबले रोष्ट वा बारविक्यू गरी पकाउने चलन चर्चित छ । यस्तो शैलिमा मासु तयार गर्दा क्यान्सर गराउने पदार्थहरु (Carcinogenic Substances) को उत्पादन हुने जोखिम हुन्छ ।

चार्डपर्वको नाममा दौनिक अत्याधिक मात्रामा मासु खाँदा बाथ रोग भएका विरामीहरुमा अझ समस्याको जटिलता बढ्ने जोखिम हुन्छ । चार्डपर्वमा एक पटक प्रयोग गरिएको तेल बारम्बार प्रयोग गर्ने पनि चलन छ । यसो गर्दा नराम्रो चिल्लो (Transfat) को उत्पादन हुन्छ र सोको प्रयोगले स्वस्थमा नकारात्मक असर पुर्‍याउँदछ ।

चाडपर्वमा शरीरको लागि आवश्यकभन्दा अत्यधिक बढी मात्रामा खानेकुराहरु खाइन्छ । सामान्यतः यो बेला हुने जमघटले गर्दा खानेकुराको दिनचर्यामा भारी फेरबदल आउँछ र जतिखेर पायो, त्यतिखेर खाने प्रचलन बढ्छ । यसरी एउटा नियमित दिनचर्याभन्दा फरक ढंगले जथाभावी खाने गर्दा पाचनप्रणाली सम्बन्धी समस्या, अपच, पखालाको जोखिम बढदछ ।

चाडपर्वमा शरीरको लागि आवश्यकभन्दा अत्यधिक बढी मात्रामा खानेकुराहरु खाइन्छ । सामान्यतः यो बेला हुने जमघटले गर्दा खानेकुराको दिनचर्यामा भारी फेरबदल आउँछ र जतिखेर पायो, त्यतिखेर खाने प्रचलन बढ्छ । यसरी एउटा नियमित दिनचर्याभन्दा फरक ढंगले जथाभावी खाने गर्दा पाचनप्रणाली सम्बन्धी समस्या, अपच, पखालाको जोखिम बढदछ । बढी मात्रामा नून, तेल र चिसो पेयको अत्यधिक सेवनसँगै चिनीको पनि प्रयोग हुन्छ जसले गर्दा रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीहरुमा नकारात्मक असर पुर्‍याउँदछ । सिसिको अचारको अत्याधिक प्रयोग, कार्बोनेटेड् पेय पदार्थको प्रयोगले रक्तचाप, मधुमेह, ग्यासट्राइटिसको जटिलता बढाँउदछ । माछा/मासुको अत्याधिक प्रयोगले शरिरमा अम्लीयपना बढाउँदछ । माछा मासु भनेको रेसा नभएको खानेकुरा हो । दशैंमा बढी मात्रामा मासु खाइने हुनाले कब्जीयतले पनि सताउन सक्छ ।

चाडपर्वमा बासी खानाको पनि प्रयोग बढ्ने हुनाले खानेकुरा संग्रहको उचित व्यवस्थापन हुन सकेन भने विभिन्न संक्रमणको जोखिम बढ्दछ ।

दशैंको वेला कसरी खानुपर्दछ ?

संसारभरि नै मांसहारका बारेमा विवाद उठ्ने गरेको छ । अझ विशेषतः दशैंको बेलामा त नेपालमा पनि यो सवाल उठ्नु कुनै अनौठो कुरा होइन । तर प्रागऐतिहासिक कालदेखि नै मासुको सेवन चल्दै आएको पृष्ठभूमिमा मांसहार गर्दै आएकाहरुले दशैंको बेलामा मासु खानु नराम्रो होइन । तर यसो भन्दै गर्दा दशैं वा चाडपर्वको नाममा यो बेलामा साविकभन्दा बढी, दैनिक मासु खाइने हुनाले “हामीले खाने मात्रा”(Portion Size) मा विशेष ध्यान पुर्‍याउनु चाहिँ जरुरी छ । दशैंको बेला सामान्यतः मासु छदैछ तरकारी किन पकाउनुपर्‍यो अथवा दाल किन खानुपर्‍यो भन्ने भनाइहरु धेरै सुनिन्छ । तर हामीले भुल्नै नहुने कुरा के हो भने मासुले मात्रै हाम्रो शरीरको लागि आवश्यक दैनिक भोजनको आवश्यकता पूर्ति हुन सक्दैन । त्यसैले मासु भएपछि अरु खानेकुराहरु खाइबस्नु जरुरी हुँदैन भनने मानसिकता हटाउनु पर्दछ ।

दशैं वा चाडपर्वको नाममा यो बेलामा साविकभन्दा बढी, दैनिक मासु खाइने हुनाले “हामीले खाने मात्रा” मा विशेष ध्यान पुर्‍याउनु चाहिँ जरुरी छ । दशैंको बेला सामान्यतः मासु छदैं छ तरकारी किन पकाउन पर्‍यो अथवा दाल किन खानु पर्‍यो भन्ने भनाइहरु धेरै सुनिन्छ । तर हामीले भुल्नै नहुने कुरा के हो भने मासुले मात्रै हाम्रो शरीरको लागि आवश्यक दैनिक भोजनको आवश्यकता पूर्ति हुन सक्दैन । त्यसैले मासु भएपछि अरु खानेकुराहरु खाइबस्नु जरुरी हुँदैन भनने मानसिकता हटाउनु पर्दछ ।

मासु खाँदा राम्रो सित पकाएर खानुपर्दछ । छाला निकालिएको मासुको प्रयोग सबैभन्दा उचित हो । रोग निम्त्याउने किटाणु जनावरको छालामा पनि बढी हुने हुनाले छाला निकालिएको मासुको प्रयोग गरे फित्तेजुका को संक्रमण हुन सक्ने जोखिम कम हुन्छ । त्यसबाहेक, छाला निकालिएको मासुमा बोसोको मात्रा पनि कम हुन्छ । यसको सोझो अर्थ के हो भने अत्यधिक बोसोको सेवनबाट हामी बच्छौं । यसले गर्दा बोसोको अत्यधिक सेवनले स्वास्थमा नकारात्मक असर पर्ने जोखिम स्वतः कम हुन्छ ।

पोषणको दृष्टिले मासु उच्चकोटीको भए तापनि मासुमा पाइने चिल्लो पदार्थ त्यसको स्रोतअनुसार फरकफरक हुन्छ । सेतो मासु जस्तै (माछा, कुखुरा) भन्दा रातो मासु जस्तो (राँगा, खसी, बोका) मा सेचुरेटेड बोसो बढी हुन्छ, जसले मुटु सम्बन्धी रोगको जोखिम बढाउँदछ । रातो मासुको पनि अत्याधिक प्रयोगले उच्च रक्तचाप र यूरिक एसिड, बाथ भएका व्यक्तिहरुमा जटिलता बढाउन सक्छ ।

त्यसैले मासुको सेवन गर्नेहरुले सागसबजी र फलफूल प्रशस्त मात्रामा खानु पर्छ । दैनिक जीवनका लागि आवश्यक पर्ने पोषणका पूर्ति गर्नका लागि मासु सेवन गर्ने व्यक्तिले दैनिक रुपमा कम्तिमा ४०० ग्राम सागसब्जी र फलफुल खानुपर्दछ । दशैं हो मासु त टन्न खाइन्छ भन्ने मानसिकतालाई हटाई सबै खाद्यान्न समूहबाट सबै किसिमका खानेकुराहरुलाई उचित मात्रामा समावेश गरी सन्तुलित भोजनको प्रयोग गर्नुपर्दछ ।

यसरी बनाउन सकिन्छ सन्तुलित भोजन

हामीले प्रयोग गर्ने थाल अथवा प्लेटको आकार १२ इन्चको छ भने सो प्लेटलाई बराबर चार भाग लगाउनु पर्दछ । सो प्लेटको १/४ भाग चाहिँ अन्न समूहको खाद्यन्नबाट भर्नुपर्दछ, अर्को १/४ भाग माछा/मासु, दाल र दुध तथा दुधजन्य समूहको खाद्यन्नबाट भर्नुपर्दछ र सो प्लेटको बाँकी भाग यानि १÷२ भाग सागसब्जी र फलफुलले समावेश गर्नुपर्छ । यसो गरी सन्तुलित भोजन गर्न सके स्वास्थ्यमा हुने नकारात्मक असर कम गर्न सकिन्छ । त्यसबाहेक, स्वस्थ जीवनका लागि दैनिक कम्तिमा आठ ग्लास पानी पिउनुपर्ने कुरा छ छँदैछ ।

Source: Manasalu.com

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.