भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखा कार्यप्रगति

भारत सरकारद्धारा सहयोग प्राप्त
नेपाल आवास पुनर्निर्माण परियोजना, गोरखा

नेपाल आवास पुनर्निर्माण परियोजना गोरखा, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनाबाट युएनडीपीको समन्वयमा गोरखा जिल्लामा संचालनमा रहेको छ । यस परियोजनामा स्थानीय साझेदार संस्थाका रुपमा पद्दति विकास केन्द्र र स्वांरा सघन गाँउ विकास केन्द्र गोरखा रहेका छन् ् । परियोजना गोरखा जिल्लाका २ नगरपालिका गोरखा र पालुंगटार तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट, सिरानचोक र शहिदलखन सहित जम्मा ६ गाँउपालिकाका जम्मा ५२ वडाहरुमा सञ्चालन भईरहेको छ । जस मध्ये हाल सम्म परियोजना अर्न्तगत २५,९४६ निजी आवास पुनर्निर्माण सम्पन्न भएका छन् भने ७२३ घर निर्माणाधिन रहेका छन् ।
सामाजिक सहजिकरण ः तिनै किस्ता निकासाका लागि सहजिकरण टोल / वडा र पालिका स्तरमा भेला गरी पुनर्निर्माणका लागि समुदायको परिचालन गर्ने, संकटासन्न घरधनीलाई सहयोगार्थ स्थानीय जनशक्ति र सामग्री परिचालन गर्ने, गुनासोको समाधान र त्यसको सुनिश्चितता गने सहयोग गर्दछ ।
प्रशासनिक सहजिकरण ः समयमै घर निरिक्षणका लागि प्राविधिकसंग समन्वय गर्ने, निरिक्षण सकिएका घरधनीको फाराम भर्न सहयोग तथा फाराम निश्चित स्थानमा पुगेको सुनिश्चितता गर्ने, जिल्लास्तरीय आयोजना कार्यन्वयन निकायमा थप जनशक्ति सहयोग मार्फत किस्ता निकाशा प्रक्रियालाई गति दिने, संकटासन्न घरधनीका लागी घुम्ति कोषको स्थापनार्थ गाँउपालिकासंग समन्वय गर्ने, बैंक, जग्गा आदि सम्बन्धी समस्या समाधानकालागि सहजिकरण गर्ने गर्दछ ।
प्राविधिक सहजिकरण घर निर्माणको योजना बनाउन, बजेट निर्धारण गर्न र सामाग्री छनोटका लागि प्राविधिक सहयोग दिने, घरको निःशुल्क नक्सा बनाउन र नक्सा पास प्रक्रियामा सहजिकरण गर्ने, घरधनी र डकर्मीबीच समन्वय गराउने, घरधनीलाई आवास निर्माण साथी, सब ईन्जिनियर, र ईन्जिनियर मार्फत स्थलगत सरसल्लाह, सुझाव प्रदान गर्ने, समयमै घर निरिक्षणका लागि प्राविधिकसंगको समन्वयमा परिचालन हने, घर निर्माणकोविभिन्न चरणमा स्थलमा गएर ईन्जिनियरले निरिक्षण तथा सहयोग गर्ने, घरधनी र डकर्मीलाई क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने) आदि क्रियाकलाप मार्फत भूकम्पपीडित लाभग्राहीलाई आफ्नो घर पुनर्निर्माण गर्न सहजिकरण गर्नुका साथै समुदायलार्य परिचालन गरी पुनर्निर्माण प्रक्रियालाई गति दिने अवधारणा अनुसार परियोजना कार्यान्वयन हुँदैछ ।

परियोजना अर्न्तगत भईरहेका मुख्य क्रियाकलापहरु
निःशुल्क घुम्ति प्राविधिक सेवा ः ःयदष्भि ख्बल त्भअजलष्अब िऋष्लिष्अ बाट नियमित रुपमा परियोजना स्थलमा तालिम प्राप्त इन्जिनियर बाट घरधुरी तथा समुदाय स्तरमा नियमित प्राविधिक सहजिकरण गरिएको छ ।
हाल सम्म परियोजनाको कार्यक्षेत्रमा प्रवलीकरण गरि २८ वटा नमुना घर निर्माण भएको छ ।
परियोजना क्षेत्रमा निर्माण सुरु भएर निर्माण हुन नसकेका सय वटा संकटासन्न घरधुरीलाई निर्माण सम्पन्न गर्ने उद्देश्यले तीन दिने कार्य स्थलमा निर्माण सामग्री सहित डकर्मी तालिम संचालन गरिएको छ । साथै, निर्माण सुरु गर्न नसकेका १ सय ८४ संकटासन्न घरधुरीलाई पनि विभिन्न तालिम कार्यक्रमबाट सहयोग गरिएको छ ।
हाल सम्म तारजाली प्रविधिका ८८ वटा भूकम्प प्रतिरोधी आवास पुनर्निर्माण भएका छन् ।
नेपाल आवास पूनर्निर्माण परियोजना अन्तरगतको अर्को महत्वपुर्ण पाटो बिल्डिंग परमिट स्टुडियो पनी हो । यसको मुख्य उद्देश्य भनेको भूकम्प प्रभावित लाभग्राहीहरूलाई न्शिुल्क नक्सा उपलब्ध गराएर सुविधा प्रदान गर्नु हो । लाभग्राहीहरूलार्ई परामर्श दिने ताकि उनीहरूले सही निर्णय लिन सकुन् र उनीहरूको घर निर्माणमा सहज होस् भन्ने उद्देश्यले गोरखा नगरपालिकामा भवन परमिट स्टुडियोको स्थापना गरीएको छ । हाल सम्मको अवधिमा यस स्टुडियोबाट २ हजार बढीले निशुल्क नक्सा प्राप्त गरिसकेका छन् ।
डकर्मीको तालिम
सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाबाट सुरक्षित तथा गुणस्तरीय निजी आवास निर्माणका लागि भनेर हाल सम्म ६ हजार बढी दक्ष डकर्मीले तालिम प्राप्त गरेका छन् । विभिन्न प्रविधिमा निश्चित दिन सम्म तालिम लिने भने ११ हजार ७० जना दक्ष डकर्मी छन् । परियोजना अर्न्तगत ३५१ जना महिलाले डकर्मी तालिम लिएका छन् । भुकम्प पश्चात संकटासन्न घरधनीलाई निर्माणाधीन घरमै गएर डकर्मीलाई विभिन्न प्रविधिमा तालिम दिने गरेको छ । तालिममा सुरक्षित आवास निर्माणमा महिलाको समेत बढी भन्दा बढी सहभागिता बढाउन प्राथमिकता दिइने गरिएको छ । तालिममा विशेष गरी राष्ट्रिय भवन निर्माण संहिता अनुसार ढुङ्गा माटो, इटाको गारो, सुधारात्मक विधि, प्रवलीकरण, वैकल्पिक प्रविधिबाट बन्ने घर लगायतमा विभिन्न ढाँचामा सिकाउने गरिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.