आजदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक । अबदेखि कोरोना भाइरसको परीक्षण तथा उपचार खर्च आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत् कोरोना भाइरसको परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताउनुभएको हो ।

तर, आर्थिक अवस्था कमजोर भएका, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने भएको छ ।

यद्यपि उल्लेखितमध्ये कसैले कोरोना बीमा गराएको भएमा उक्त कोरोना बीमाबापत्को रकमबाट कट्टा गरिने पनि मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । यस निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गते (आज)देखि नै लागू हुने उहाँले बताउनुभयो ।

Source: News24nepal.tv

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.