मनकामना अस्पतालले तीन शिशुको मृत्यु भएको घटनालाई ढाकछोप

चितवन, असोज २५–

चितवनको भरतपुरमा रहेको मनकामना अस्पतालले तीन शिशुको मृत्यु भएको घटनालाई ढाकछोप गरेको छ । अस्पतालको चरम लापरवाहीका कारण एकैदिन तीन जना शिशुको मृत्यु भएको घटना नारायणी अनलाइनले प्रकाशन गरेपछि घटना लुकाउने प्रयास गरिएको थियो । शिशु मृत्युको विषयमा अस्पतालका जिम्मेवार व्यक्तिहरुले फरक फरक कुरा गर्दै घटनाको ढाकाछोप गर्ने प्रयास गरेका छन् ।
सुरुमा अस्पतालमा एक जना मात्रै शिशुको मृत्यु भएको जिकिर गरेपनि पछि दुई जनाको अस्पतालमा र एक जना रिफर गरिएका शिशुको मृत्यु भएको अस्पताल प्रशासनले स्वीकार गरेको छ । अस्पतालका सिइओ अमृत मास्केले आफ्नो अस्पतालमा एक जना शिशुको मात्रै मृत्यु भएको बताए । उनले भने,“मलाई यसबारे धेरै थाहा छैन, हाम्रो अस्पतालमा एक जना शिशुको मात्रै मृत्यु भएको हो ।” उनले प्राविधिक कुरा आफुहरुले भन्न नमिल्ने प्रतिकृया दिए ।

तर अस्पतालका चिकित्सक निश्चल मास्केले भने अस्पतालमा दुई जना र एक जना रिफर गरिएका शिशुको चितवन मेडिकल कलेजमा मृत्यु भएको बताए । रिफर गरेको दुई घण्टा भित्रै शिशुको मृत्यु भएको थियो । शिशुहरुमा स्वासप्रश्वास र रगतको संक्रमण देखिएको उनले बताए ।

अस्पतालमा २३ गते शुक्रबार विहान १ जना, साँझ १ जना शिशुको मृत्यु भएको थियो । सोही दिन नै राती १० बजे अर्का एक शिशुलाई अन्तिम अवस्थामा बचाउन सक्दैनौं भन्दै आफन्तलाई रिफरका लागि अस्पतालले अनुरोध गरेको थियो । अस्पतालले अन्तिम अवस्था सम्मपनि शिशुको अवस्थाबारे जानकारी नगराएको आफन्तहरुले आरोप लगाएका छन ।

सिइओ मास्केले विरामीका आफन्तसंग अस्पतालको कुरा मिलिसकेको वताए । उनले भने,“विरामीका आफन्तलाई मृत्यु पश्चात भेटेका छौं, उनिहरु कन्भिन्स भएका छन् ।” तर उनले के कुरामा आफन्त कन्भिन्स भए भन्ने उल्लेख गरेनन् । यसरी अस्पतालका दुई जिम्मेवार व्यक्तिको प्रतिकृयाले घटना लुकाउन खोजेको प्रष्ट भएको छ । यो घटनाले अस्पतालको विश्वसनियता माथि थप शंका उव्जाएको छ ।

अस्पतालले अन्तिमसम्म शिशुको अवस्था थाहा दिएन

रत्ननगर नगरपालिका–१ की कमला सापकोटा असोज २१ गते निकै खुशी थिइन् । कान्छो सन्तानको रुपमा छोराको जन्म भएपछि खुशी नहुने कुरै रहेन । तर उनको खुशी एक साता नबित्दै दुःखमा परिणत भयो । आफ्नो काखमा राम्रोसंग राख्न नपाई छोरालाई यो सुन्दर संसारबाट गुमाउनु प¥यो । भरतपुर–१० स्थित मनकामना अस्पतालको लापरवाहीले तीन दिनको शिशुलाई गुमाउन प¥यो ।

साउन २१ गते राति पेट दुखेपछि उनलाई तत्कालै मनकामना अस्पताल पु¥याईएको थियो । अन्य अस्पतालमा कोरोनाको जोखिम देखेर मनकामना अस्पताल पु¥याउँदा नवजात शिशुलाई संसारबाट बिदा गर्नुप¥यो । अस्पताल पु¥याएको राति १ः४५ बजेको समयमा शल्यक्रियाबाट शिशुको जन्म भएको थियो । डा.बसन्त शर्माले शल्यक्रिया गरेका थिए । बच्चा निकाल्दा निकै स्वस्थ रहेको भन्दै उनले केही घण्टामै बच्चालाई घर लैजान सक्ने आफन्तलाई सुझाए । तर त्यसका लागि समय अगावै बच्चा निकालिएकोले केही समेत एनआइसीयू (बच्चालाई राख्ने सघन कक्ष) राख्नुपर्ने भनेपछि आफन्तले सोही अनुरुप बच्चालाई एनआइसीयूमा राखे । तर त्यसदिनदेखि बच्चालाई देख्न नपाएका आफन्तले अन्तिम अवस्थामा पुगेपछि बल्ल चिकित्सकले बच्चालाई बचाउन नसकिने जानकारी गराएपछि उनीहरु छाँगाबाट खसेजस्तै भए ।

कमलाका भाई विकास सापकोटाले भने–‘एनआइसीयूमा राखेदेखि हामीलाई बच्चाको बारेमा केही पनि भनेनन्, उपचार भइरहेको छ, ठिक हुन्छ मात्रै भने, अन्तिममा आएर अवस्था गम्भिर भएको जानकारी पायौं ।’ उनले थपे–‘मैले अन्तिममा पनि हाम्रो बच्चाको अवस्था के छ भनेर सोध्दा भन्न मिल्दैन भनेर सबै पन्छिए, म घर पुगेको १० मिनेटपछि जानकारी आयो बच्चालाई बचाउन सकिने अवस्था छैन भनेर ।’
बच्चाको उपचारमा खटिएका चिकित्सक निश्चिल मास्केले बच्चाको अवस्था जटिल रहेको जानकारी गराउँदै अन्य ठाउँ लान सकिने सुझाएपछि आफन्तले राति नै रिफर मागेर चितवन मेडिकल कलेज पु¥याएका थिए । १०ः३० बजे सिएमसी पु¥याएपछि शिशुको राति १ बजे मृत्यु भएको थियो ।

सिएमसीका चिकित्सकले बच्चालाई चढाईको औषधि र अवस्था बारे जानकारी गराएपछि बल्ल आफन्तले थाहा पाएका थिए । सापकोटाले भने–‘सिएमसीमा गएपछि बल्ल चिकित्सकले मुटुको औषधिदेखि सबै प्रकारको औषधि चढाइएको जानकारी गरायो, बच्चालाई निमोनियादेखि अन्य संक्रमण रहेको खबर पायौं, यो मनकामनाले चढाएको हाई डोज औषधिको कारण हो ।’

उनले सामान्य अवस्थमा जन्मिएको बच्चाको अवस्था यस्तो हुनु अस्पतालको लापरवाही भएको आरोप लगाए । उनले शिशुको शरीर पुरै रातो, पहेलो र अर्के रंगको देखिएको बताए । हामीले प्राप्त गरेको तस्विरमा समेत त्यही अवस्था देखिन्छ । मनकामना अस्पतालले सुरुदेखि नै बच्चाको अवस्था लुकाएर गम्भिर खेलवाड गरेको सापकोटाले बताए । उनले भने–‘बिरामीको हरेक अवस्था बारे आफन्तले समयमै जानकारी पाउँछन्, तर हामीलाई कुनै जानकारी दिइएन ।’

अस्पतालमा एउटा शिशुको बिहानी समय र एउटाको साँझको समयमा मृत्यु भएपछि चिकित्सकहरुले राति मात्रै सापकोटा परिवारलाई बोलाएर शिशुको अवस्था जटिल रहेको सुनाएको थियो । जतिबेला अस्पतालमा दुई शिशुको मृत्युले खैलाबैला मच्चिएको थियो ।

यता अस्पतालका चिकित्सक निश्चल मास्केले शिशुहरुमा रगतको संक्रमण, श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको दावी गरे । उनले भने–‘समय नपुग्दै जन्मिएको विभिन्न समस्या देखिन्छ, एउटा शिशुमा रगतको संक्रमण र अरुमा श्वासप्रश्वासको समस्या हुँदा बचाउन सकिएन ।’

उनले बच्चाको अवस्था बारे सापकोटा परिवारलाई जानकारी गराएको र उनीहरुको आग्रहमा सिएमसी रिफरल गरिएको दावी समेत गरे । तर उनको दावीलाई मृतक शिशुको परिवारले खण्डन गरेको छ । अस्पतालले नै अन्यत्र लान भनेपछि सिएमसी लगिएको बताएको छ । आफन्त विकास सापकोटाले भने–‘काठमाडौं लान सम्भव छैन, नजिककै अवस्था लैजानुहोस् भनेपछि हामी सिएमसी लगेका हौं ।’

नारायणी अनलाइनबाट

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.