
डिपि अधिकारी / डुम्रे
तनहुँकाे भानु नपा वडा नं.१ काे कल्याणटारमा रहेकाे परिवर्तनशील महिला सामुदायिक बिकास समाजकाे आयाेजना र हरियाे बन कार्यक्रमकाे सहयाेगमा रैथाने बीउ / कृषि तथा जैविक विविधता संरक्षणका लागि जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनमा स्थानीय तह संगकाे समन्वय तथा परामर्श विषयक एक दिने गाेष्ठी सुक्रबार सम्पन्न भएकाे छ ।
समाजकी अध्यक्ष कान्छिमाया तामाङकाे सभापतित्वमा भएकाे कार्यक्रममा भानु नपाका मेयर उदयराज गाैलीले समाज संग-संगै हातेमालाे गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै नपामा विभिन्न चुनाैतीहरुकाे सामना गर्नु परिरहेकाेले साेंचे अनुसारकाे काम गर्न नसकेकाे बताउनु भयाे । ” शुरुका दिनमा हरेक क्षेत्रमा सहमति जुटाउन चुनाैती, कहिले चितुवा आतंककाे चुनाैती, पछि कहिले काेराेनाकाे चुनाैती, कहिले नगरपालिका स्थान्न्तरणकाे चुनाैती आई पर्याे ” उहाँले भन्नुभयाे । नगर प्रमुख गाैलीले काेराेनाकाे त्रास कायमै रहेकाले यसपालीकाे दशैंमा जाे जहाँ छाैं त्यहिं भिडभाड नगरी मनाउन र स्वास्थ्यकाे मापदण्ड पालना गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा नपाकी उपमेयर आशा थापा मगरले नपाले कृषकका लागि गर्नु पर्ने काम परिवर्तन समाजले गर्न लागेकाे भन्दै खुशी ब्यक्त गर्नु भयाे । उहाँले नपा र वडा कार्यालय सँग समन्वय गरि याेजना अघि बढाउन सुझाब दिनु भयाे । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सिताराम हड्खले, वडा नं. १३ का अध्यक्ष राम बहादुर बानियाँ, ५ का कार्यवाहक अध्यक्ष दिपक थापा, भानु नपाका कृषि शाखा प्रमुख खितकुमार श्रेष्ठ, पशु शाखाका राजन सेंढाई,समाजका सल्लाहकार दामाेदर मिश्र,राज गुरुङ लगाएतले कृषकहरुले फलफूल तथा तरकारी उत्पादन गर्दा विषादि रहित बनाउनु पर्नेमा जाेड दिंदै रैथाने बाली संरक्षणमा ध्यान दिनु पर्ने बताउनु भयाे । संस्थाकि पिएमसी संयाेजक मिलन भुजेलले किसानलाई ब्यवसायीक बनाउनु पर्नेमा जाेड दिंदै कृषि सँग सम्बन्धित विषयमा सचेतनामूलक कार्यक्रम अगाडि बढाउँदै लगिएकाे जानकारी दिनुभयाे । परियाेजना संयाेजक चेत बहादुर थापाले संस्थाले गर्ने कामकाे विद्यमान चुनाैतीतथा अवशरहरु, परियाेजना कार्यान्वयनका लागि स्थानीय तहसँगकाे समन्वय तथा कार्यगत सम्बन्धकाे प्रयास बारे प्रस्तुतीकरण गर्नु भएकाे थियाे । बन्दिपुर ५ काे मर्स्याङदी रिभर भ्यू रिसाेर्टमा भएकाे उक्त कार्यक्रममा सहभागीहरुलाई संस्थाका तर्फबाट सुनिता भट्टराई , द्राैपदी गुरुङ र पवित्रा गुरुङले स्वागत गर्नु भएकाे थियाे ।