ब्राजिलियन विंगर डग्लस कोस्टा पुनः जर्मन क्लब बायर्न म्युनिख फर्किए

एजेन्सी – ब्राजिलियन विंगर डग्लस कोस्टा पुनः जर्मन क्लब बायर्न म्युनिख फर्किएका छन् । बायर्नले इटालियन क्लब युभेन्ट्सका कोस्टालाई एक सिजनको लागि लोनमा अनुबन्धित गरेको जनाएको छ ।

३० वर्षीय कोस्टा दुई वर्षपछि जर्मन क्लबमा फर्किएको हो । कोस्टा २०१७ मा लोनमा इटालियन क्लब युभेन्टस पुगेका थिए । बायर्नमा अनुबन्ध भएसँगै कोस्टाले बायर्नबाट पुनः खेल्न पाउँदा म धेरै खुशी रहेको बताएका छन् ।

त्यसको अर्को सिजन युभेन्ट्सले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । उनले यो सिजन युभेन्टसबाट दुई खेल खेलिसकेका छन् । कोस्टाले युभेन्ट्सका लागि उनले १ सय ३ खेलमा १० गोल गरेका छन् ।

पहिलो सिजन लोनमा उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्टसले स्थायी रुपमा अनुबन्ध गरेपछि चोटका कारण कोस्टाले सोचुअनुरुपको प्रदर्शन गर्न सकेनन् । उनले दुई सिजनमा ५४ खेल खेल्दा मात्रै ४ गोल गर्न सफल भएका थिए । गत सिजन उनले युभेन्टसका लागि २९ खेल खेल्दै ३ गोल गर्दा ७ असिस्ट दिएका थिए ।

२०१५ मा युक्रेनी क्लब साख्तर डोनेक्सबाट बायर्न आएका थिए । उनले बायर्नमा तीज सिजन बिताउदा ७७ खेलमा १४ गोल गरेका थिए । २०१४ देखि ब्राजिलको राष्ट्रिय टोलीमा रहेका कोस्टाले ३१ खेलमा ३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

 

Back to top button