बेंगलोरविरुद्ध पहिला ब्याटिङ गर्दै दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । बेंगलोरले आजको खेलमा दुई परिवर्तन गरेको छ । स्पिनर एडम जाम्पाको स्थानमा मोईन अलीलाई मौका दिएको छ । गुरक्रितमान सिंहको स्थानमा तीव्र गतिका बलर मोहम्मद शिराजलाई मौका दिएको छ ।

दिल्लीले टोलीमा एक परिवर्तन गरेको छ । चोटका कारण आइपिएल गुमाएका स्पिनर अमित मिश्राको ठाउँमा अलराउन्डर अक्षर पटेललाई मौका दिएको छ । दिल्लीले अन्य परिवर्तन गरेको छैन । नेपाली लेगस्पिनर सन्दीप लगातार पाँच खेलमा बेन्चमा रहेका छन् ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । तर तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो । चौथो खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको थियो ।

यता बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको थियो । चौथो खेलमा राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो ।

दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्टजे र हर्षल पटेल ।

बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, मोईन अली, शिवम दुबे, वासिन्टन सुन्दर, मोहम्मद शिराज, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.