सरकारले भन्यो– ‘सकभर काठमाडौं नआउनुस्

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं नआउन अपिल गरेको छ।‘काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढिरहेको छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सकभर काठमाडौं नआउनुहुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै आउन अनुरोध गर्दछौं।’

प्रवक्ता डा. गौतमका अनुसार मुलुकभर शनिबार २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्रै झन्डै आधा अर्थात् १ हजार १ जना छन्। यस्तै, उपत्यकाकै ललितपुरमा १ सय ९ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ।
मुलुकभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ छ। कुल संक्रमितको सख्ंया भने ८४ हजार ५ सय ७० पुगेको छ। यीमध्ये ६२ हजार ७ सय ४० जना निको भएका छन्। शनिबार २ हजार ४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुने दर ७४.१ प्रतिशत छ।

हाल सघन उपचार कक्ष (आईसीयू)मा २ सय १७ जना उपचाररत छन्। भेन्टिलेटरमा राखेर ३१ जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। असोजमा कोरोना संक्रमणबाट हुने मृ’त्युदर दैनिक औसत ८ जना छ। कोरोनाबाट शनिबार ८ जनाको ज्यान गएको छ। मृतकको संख्या ५ सय २८ पुगेको छ।

पछिल्लो पटक १२ हजार ९ सय ७८ पीसीआर परीक्षण गरिएको थियो। यससँगै हालसम्म १० लाख ६१ हजार ६ सय ६४ पीसीआर परीक्षण गरिएको छ। काठमाडौं उपत्यकासहित मोरङ, सिरहा, चितवन, रूपन्देही, सुर्खेत, कैलालीलगायत जिल्लामा सक्रिय संक्रमित बढी छन्।

प्रवक्ता डा. गौतमले कोरोना संक्रमण रोक्न सामुदायिक स्वास्थ्य अभियान सञ्चालन गर्न सकिने उल्लेख गरे। मुलुकभर ६० हजार महिला स्वास्थ्य स्वयंसेविकामार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गर्न स्थानीय तहले विशेष कार्ययोजना बनाउनुपर्ने उनको भनाइ थियो।

महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरी प्रत्येक वडाका टोलटोलमा कोरोना रोकथाम अभियानमा सहजीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ। स्थानीय तहमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्सलगायतको पनि महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो।(अन्नपुर्ण पोष्ट बाट)

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.