Trending

मृगाौलापिडित कमरको सहयोगको लागि स्थानीयबाट उठाइएको सहयोग रकम हस्तान्तरण

सहयोग गर्न चाहनुहुने महानुभावहरुले कमरकी आमा धनकुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं.१०३०११०६८८२८८७०००००१ मा जम्मा गर्न सक्ने

गोरखा संसार
१२ असोज, गोरखा ।
दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लागि स्थानीय स्तरमा उठाइएको रकम आज हस्तान्तरण गरिएको छ ।
बिगत लामो समयदेखि मृगौलामा समस्या देखिएपछि उपचाररत कमरको सहयोगको लागि स्थानीय रुपमा कमरका साथीहरुको बिशेष पहलमा उठाइएको रकम ५४ हजार २ सय १५ रुपैयाँ निजकै घरमा पुगी आज हस्तान्तरण गरिएको हो ।
रकम संकलनका लागि पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालय, गोरखा संसार मिडिया प्रा.लि., च्याङ्ली स्वास्थ्य चौकी, च्याङ्ली सामुदायिक सिकाइ केन्द्र लगायतकाले समन्वय गरेका थिए । साथै रकम संकलनका क्रममा उजेली गुरुङ, शान्ति गुरुङ, सुमिना गुरुङ र विनिता गुरुङ ले बिशेष सक्रियता देखाएका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले पिडित कमर तथा निजकी आमा धनकुमारी कमरलाई स्वास्थ्यमा बिशेष ध्यान दिन र स्वास्थ्य सतर्कताका साथ छिटो उपचार प्रक्रिया अघि बढाउन सुझाव दिनुभएको थियो । सो अवसरमा वडाध्यक्ष श्रेष्ठले हाल व्यक्तिगत रुपमा मात्र रकम उठाएर सहयोग गरिएको र पछि वडा कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो
त्यस्तै गरी च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डे, गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालन रविन्द्र कंडेल लगायतले पिडित कमरको उपचारको लागि थप सहयोग आवश्यक परेमा गर्न सदैव तत्पर रहेको बताउनुभएको थियो ।

बिगत लामो समयदेखि दुवै मृगौलामा समस्या भएपश्चात उपचार गराइरहनुभएकी गीता कमरको उपचारको सहयोगको लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले कमरकी आमा धनकुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं.१०३०११०६८८२८८७०००००१ मा जम्मा गरेर सहयोग गरिदिन पनि सकिनेछ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker