पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
यसै सन्दर्भमा मा रहेर पनि नेपाली गित संगीतमा निरन्तर माया गर्ने पिवि घायलको आवाज रहेको निकै उत्कृष्ट गीत भर्खर मात्र सार्वजनिक भएको छ । निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा पिबि घायललाई आवाजमा सम्झना भण्डारीले साथ दिएकी छन ।
विदुर शर्माको शब्द सिर्जना रहेको सो गीतमा पिबि घायलको लय सिर्जना रहेको छ भने गीतले माया प्रेमलाई पोखराको बातावरण सँग जोडेको छ । गीतको अडियो र भिडियोको पक्ष निकै उत्कृष्ट रहेको छ
विमल अधिकारी र अञ्जली अधिकारीको अभिनय रहेको गीतलाई विमल अधिकारी आफैले निर्देशन गरेका छन । गीतलाई भावना म्युजिक सोलुसनले बजार ब्यवस्थापन गरेका छ ।
Facebook Comments Box
Post Views: 22