चीनका लागि जासुसी आरोपमा अमेरिकी एक प्रहरी पक्राउ

वासिंटन : अमेरिकाको न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी) का एक अधिकारी चिनियाँ एजेन्टको रुपमा काम गरेको भन्दै पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ l

तिब्बती मूलका बेमाडिजिए अंग्वाङ उक्त आरोपमा पक्राउ परेका हुन् । अमेरिकी प्रहरीका अनुसार उनले न्यूयोर्कमा रहेका चिनियाँ नागरिकको गतिविधिको निगरानी गर्दैआएका थिए । र उनी उनीहरुको बारेमा रिपोर्ट गरिरहन्थे ।

चिनियाँ मूलका ती अमेरिकी नागरिकलाई यदी दोषी ठहर भएमा ५५ वर्षसम्मको कैद सजाय सुनाइने प्रावधान छ । सोमबार पक्राउ गरेपछि उनीमाथि गहन अनुसन्धान भइरहेको बताइएको छ ।

अमेरिकी अधिकारीहरुले उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीसँग नियमित सम्पर्क गर्ने गरेको आरोप लगाएका छन् । उनले चिनियाँ तथा तिब्बती नागरिकमाथि निजी सूचना संकलन गर्ने गरेको बताइन्छ । उच्च आर्थिक प्रतिष्पर्धा गरिरहेका चीन र अमेरिकाबीच कोरोनाभाइरस महामारीपछि थप तनाब सिर्जना भएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.