कबिता

- अपरिचित

बाबा ! मलाई संस्कार दिएनौ ।
बाबा! तिमिले छोरी पढाउन छाडेर
दाईजो दिन जानेनौ ।
मेरो सबै ईच्छाहरु मारेर पनि
परिवारलाई औँठी दिन जानेनौ।
हो बाबा ! मलाई संस्कार दिएनौ।
मेरो ईच्छाहरु बेवास्ता गर्दै
ठूलो घरनामा बिहे गर्न जानेनौ।
बरु आफैलाई पिडामा राख्यौ।
तर मलाई गालामा झापड हानेनौ!
हो बाबा ! मलाई संस्कार दिएनौ।
तिमिलाई त थाहा थियोनी
समाजमा छोरीलाई गरिने ब्यबहार
फेरि पनि किन मलाई पढाएर
आफ्नो खुट्टामा उभियोस भन्ने चाह्यौ।
हो बाबा ! मलाई संस्कार दिएनौ।
बाबा!
नारी जातीले सबै पीडा भोगीराख्दा पनि
रुदै कुनै दिन गल्ती गरेकी होस्
भनी औला उठाएनौ।
हो बाबा ! मलाई संस्कार दिएनौ।
बाबा!
भेडाको बथानमा भेडा नै सुहाउने रहेछ
मेरो आँखा खोल्न जानेनौ।
मुर्खको अगाडि दैव पनि डराउनु पर्छ भनी
आफ्नो फुललाई दरो बनाएनौ ।
हो बाबा ! मलाई संस्कार दिएनौ।
उखान छनी,
लाटाको देशमा मुख नबोल्नु
लङडाको देशमा खुट्टा उचाल्नु
तर किन त्यसो नगरी
प्रतिकार गर्न सिकायौ।
हो बाबा ! मलाई संस्कार दिएनौ।
भरतपुर
Back to top button