२० वर्षका गुरुङकाे भीरबाट लडेर मृत्यु

गाेरखा । जिल्लाकाे  धार्चे गाउँपालिका वडा नम्वर  १ केराैँजा दोभानका २० वर्षका दिपक गुरुङकाे भीरबाट लडेर मृत्यु भएको छ ।  सेनाको नेतृत्वमा चीनकाे सिमा सम्म ट्र्याक खोल्ने काम भैरहेको छ । यतिबेला बाटाे सिर्दीवास पुगकाे छ ।

बेनीघाट लार्के सडक अन्तर्गत धार्चे ३ को लाक्पाल वस्ती नजिकको भीरबाट काम गर्ने क्रममा  गुरुङ चिप्लिएर लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी असोज ४ गते दिउसो २ बजेतिर भीरबाट लडेका  माछा खाेला प्रहरी चाैकीले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.