६ महिनापछि आन्तरिक हवाई उडान सुरु

कोभिड–१९ महामारी कहरकाबीच ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ ।

विभिन्न ९ वायुसेवा कम्पनीमध्ये ८ वटाले आजदेखि उडान सुरु गरेका छन् । को रोना सं क्रमणको जो खिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि खुलेसँगै विमानस्थलको आन्तरिक टर्मिनलमा चहलपहल बढेको छ ।

सामान्य अवस्थामा हुँदै आएका उडानको २५ प्रतिशत मात्र संचालन गर्नेगरी अनुमति दिईएको उडानमा विशेष अवस्थाको स्वास्थ्य मापदण्ड लागु हुने भएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले बनाएको कोरोना सम्बन्धि मापदण्ड अनुसार स्वास्थ्य सर्तकता अपनाउनु पर्नेछ ।

नयाँ व्यवस्था अनुसार उडान समयभन्दा कम्तीमा दुई घन्टाअघि नै यात्रु विमानस्थल पुग्नु पर्नेछ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने भएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.