Trending

कंडेल विद्यावारिधी वृत्ति तथा शोध सहयोगका लागि छनौट

तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका उपप्राध्यापक बसन्त कंडेल विद्यावारिधी वृत्ति तथा शोध सहयोगका लागि छनौट हुनुभएको छ । आयोगबाट आर्थिक वर्ष ०७६/७७ का लागि विद्यावारिधी वृत्ति तथा शोध सहयोगका प्रदान गर्न आवेदन माग भई आयोगमा दर्ता भएका आवेदनहरुमध्ये प्रस्ताव मूल्याङ्कन, शैक्षिक योग्यता, प्रकाशित लेख÷रचना र अल्पसुविधाप्राप्त समूह समेतको आधारमा कंडेल छनौट हुनुभएको हो ।

उक्त छनौटमा सहमति जनाई अनुदान रकम प्राप्त गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । अनुदान आयोगले विद्यावारिधि वृत्ति तथा शोध सहयोगका लागि छनौट गरेकामा कंडेलले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Source: Khabarpunj.com

Back to top button