
गोरखाको पालुङटार नगरपालिकामा आज सात जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियनत्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माका अनुसार पालुङटार नगरपालिका वडा नम्बर १ मा १४,१३,१९,२५ र १३ वर्षका पुरुषमा र १५ वर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पालुङटार वडा नम्बर ६ मा ५५ वर्षिय पुरुष संक्रमित भएका छन् । उनीहरुलाई आइसोलेशनमा राखेर उपचार गर्ने तयारी भईरहेको स्थानीय तहहरुले बताएका छन् ।