बिद्यार्थीहरूलाई फ्रि वाई फाई

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणको लागि विद्यार्थी र विद्यालयलाई आगामी असोज बाट निशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । मन्त्रिस्तरीय निर्णयबाट १९ भदौमा पारीत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिने उल्लेख गरेको हो ।

नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक पर्यटनको लागि मात्र हुने गरी निःशुल्क सहुलियत शुल्क मा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने निर्देशिकामा मन्त्रालयको भूमिका बारे स्पष्ट लेखिएको छ ।

यो निर्देशिका असोज १ बाट अनिवार्य कार्यान्वयन को लागि शिक्षा मन्त्रालय सङ्घ प्रदेश र स्थानीय तहका निकाय सरकारलाई निर्देशन दिएको छ ।

मन्त्रालयद्वारा जारी गरिएका कार्यान्वयनसम्बन्धी सूचनामा राष्ट्रीय पाठ्यक्रम प्रारूप ले निर्दिष्ट गरेका सिकाइ हरु उपलब्धिहरु हासिल गर्न विद्यालय उमेर का अनुकूल सिक्ने वातावरण सिर्जना गर्नुको लागि तीनै तहको सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने बताएका छन्

विद्यालय विद्यार्थीहरुले इन्टरनेट महंगो भएर अनलाइन कक्षामा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो । अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी भने सरकारले निशुल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.