गोर्खामा वडा कार्यालयले नै ग¥यो युरिया मलमा कालो बजारी

“बढि लिएको किसानको पैसा फिर्ता दिन्छौं” — वडा अध्यक्ष

डिपि अधिकारी / भदौ २८
गोर्खाको गोर्खा नगरपालिका वडा नं. ५ मा युरिया मलमा कालो बजारी भएको छ । मलमा सहजीकरण गरी सहुलिएत मूल्यमा किसानलाई उपलब्ध गराउन सरकारले स्थानीय तहलाई अधिकार दिए पनि यसको धज्जी उडाउँदै वडाले नाफा राखी उपभोक्तालाई बिक्रि गरेको हो ।
वडा नं. ७ मा रहेको जनमुखी सहकारीबाट ९५० रुपैंयामा खरिद गरी करिब डेढ किलो मिटरको दुरीमा रहेको ५ नंं. को वडा कार्यालयबाट प्रति बोरा २५० रुपैंया जनप्रतिनिधि कै रहोबरमा बिक्री गरिएको हो । “ लोड अनलोड र ढुवानी खर्च बढिमा ५० रुपैंया लाग्यो होला तर वडाले सहुलिएतको नाममा प्रति बोरा २०० रुपैंया ठाडै किसानसँग नाफा खायो । ” स्थानीय किसान रामबहादुर थापाले बताउनु भयो ।
यसै सन्दर्भमा वडा अध्यक्ष रामकुमार थापा मगर सँग सम्पर्क गर्दा सहकारी सँग मल खरिद गर्दा र बिक्री गर्दा आँफु उपस्थित नभएकाले सवै जानकारी नभएको भन्दै वडा कार्यालयले गल्ती भएको भए किसानसँग बढि लिइएको पैसा तत्काल फिर्ता गरिदिने बताउनु भयो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker